साहित्य

बिराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन

बिराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन

विराटनगर । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीको बुधबार बिहान निधन भएको हो । उनका दुई छोरा, एक छोरी र श्रीमती छन् । क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको छोरा शरदराज सुवेदीले बताए । उनका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिनेछ।
Read More
किनकि म नारी हुँ !

किनकि म नारी हुँ !

तब मनाउँला नारी दिवस जब छोरी भनी गर्भ मै तुहाएर मर्न नपरोस, जब बलत्कार गरि झाडिमा फालिन नपरोस तब मनाउँला नारी दिवस ! अनि मनाउँला नारी दिवस जब दाइजो हिंसा शोषणमा परि जिउँदै जल्न नपरोस, बोक्सीको आरोपमा तड्पी तड्पी मर्न नपरोस्, तब मनाउँला नारी दिवस ! किनकि म नारी हुँ ! अनि मनाउँला नारी दिवस जब छाउपडी भइ गोठमा सड्न नपरोस्, शालिन जसरी सानै उमेरमा ढल्न नपरोस्, तब मनाउँला नारी दिवस ! किनकि म नारी हुँ ! अनि मनाउँला नारी दिवश जब न्यायका लागि दुनियाँसामु लड्न नपरोस, जब महिनावारीमा मैले छोएको अछुतो नहोस्, तब मनाउँला नारी दिवस ! किनकि म…
Read More
प्रेम दिवसमा

प्रेम दिवसमा

नयाँ कतिको सम्बन्ध जोडिए  होला प्रेम दिवसमा कयौँ  पुराना सम्बन्ध तोडिए होला प्रेम दिवसमा ।२। मनभरि खुसीको लाखौँ कल्पना बुनेर आफैमा भाग्यले कतिलाई छल्यो होला प्रेम दिवसमा ।२। अस्वीकार भए होला हजारौँ प्रेम प्रस्तावहरू कति सपनाहरू टुटे होला प्रेम दिवसमा ।२। जवाफको प्रतीक्षामा कयौँ रात काटे होलान् पर्खाइमा गले होला लाखौँ मन प्रेम दिवसमा ।२। वर्षौँदेखि बिग्रिएका सम्बन्धले  बाटो दिँदा बिग्रिएका सम्बन्ध नि सुध्रे होला प्रेम दिवसमा ।२। कयौँ खाली सिउँदो भरिएको होला प्रेम दिवसमा रङ्गिन सिउँदो पुछियो होला कति प्रेम दिवसमा ।२। कयौँले त  पाए होला  जिउने मर्ने सहारा नि हजारौँ प्रेमका ज्योति बले होला प्रेम दिवसमा ।२। कोसौँ…
Read More
आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा

आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा

इटहरी । शुक्रबारबाट नेपाली चार वटा चलचित्र एक साथ प्रदर्शन भएका छन् । ‘प्रसाद २,’ ‘नाइँ नभन्नु ल ६,’ ‘पासाङ ः इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेका हुन् । ‘पासाङ’बाहेक अन्य तीन काल्पनिक कथानक चलचित्र हुन् । ‘पासाङ  इन द स्याडो अफ एभरेस्ट’ भने पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित रहेर बनेको डकुमेन्ट्री चलिचत्र हो । विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ६’ एक प्रेमकथामा आधारित रहेर बनेको चलिचत्र हो । यसमा प्रियंका कार्की, आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी,…
Read More
इटहरीमा स्कूल थिएटरको समापन

इटहरीमा स्कूल थिएटरको समापन

इटहरी । इटहरीमा स्कूल थिएटरको समापन गरिएको छ । कलालय इटहरीले सञ्चालन गरेको स्कूल थिएटरको आठौं संस्करणको समापन गरिएको हो । इटहरीको तायारिप्ची भवनमा दुई दिने नाट्य प्रदर्शनीसँगै स्कूल थिएटरको समापन गरिएको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिइकि छन् । समापन कार्यक्रमकी प्रमुख अतिथि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नाट्य विधाले समाजको यथार्थ चित्रण बताउने निर्देशन गरिन् । उनले भनिन्, ‘नाटकले समाजको चरित्र तीतो सत्य बोल्छ,’ ‘हाम्रो पेसा फरक भएपनि भावनात्मक सम्बन्ध एउटै हुन्छ । ’कार्यक्रममा कवि मनु मञ्जिलले बच्चालाई जे चायो, त्यही बनाउन सक्ने गतिलो माध्यम नाटक विधा रहेको बताइन् । नाटक गर् भन्दा गाह्रो हुने तर…
Read More
०७९ को ‘वर्ष अभिनेता’ केदार घिमिरे

०७९ को ‘वर्ष अभिनेता’ केदार घिमिरे

कलाकार केदार घिमिरे ९माग्ने बुढा०ले वर्ष ०७९ सालको ‘वर्ष अभिनेता’को अवार्ड प्राप्त गरेका छन्। बक्स अफिस इन्टरनेसनल ग्रुपले घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो। अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाँच्ने रहर रहेको बताए। उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष ०७९ सुखद रहेको बताए। ०७९ मा १० वटा चलचित्रले मुनाफा कमाएको भन्दै उनले यो खुसीको कुरा रहेको बताए।  
Read More
कसरी मनाउन सक्छु र म नारी दिवस ?

कसरी मनाउन सक्छु र म नारी दिवस ?

भ्रूण नै हुँदा गर्भ मै मेटिएको मेरो अस्तित्व अझै समाजको असमानताबिच न्याय माग्दा पनि उक्सिन नसकेको म त्यही खाडलमा पुरिरहेको छु, यसरी आफ्नै पहिचान हराइरहँदा खै कसरी मनाउन सक्छु र म नारी दिवस ? कसैको केही नबिगारिदिँदा नारी भएकै कारण नारी हुनुको हीनताबोध, पीडा बोध हुँदा कसैको फूल–मुस्कान कसैको भोग– असिनाले खोसिदिँदा, समय र नारी उस्तै बुझेर उनका मनसँग अनेक सपना साटी, खुसी साट्दै समाजमा खै कसरी मनाउन सक्छु र म नारी दिवस ? जिन्दगी लाई मोलमोलाइमा बेच्नेहरू माझ न्यायका लागी लड्दा लड्दै अझै जीवनमा कुनै खुसीको रङ्गहरूले पोतिन नपाउँदै जीवनको आधा उमेर बितिसक्दा, मनमा पीडा र चोट लिएर, सदाबहार…
Read More
पत्रकार गुरागाईको गजल ‘जब मन धेरै दुखेको हुन्छ’ सार्वजनिक

पत्रकार गुरागाईको गजल ‘जब मन धेरै दुखेको हुन्छ’ सार्वजनिक

इटहरी । सुनसरीका अग्रज पत्रकार सुविद गुरागाईको ‘जब मन धेरै दुखेको हुन्छ’ गजलको भिडियो सार्वजनिक गरिएको छ । इटहरी १६ स्थित सरस्वती जब्दी माध्यमिक विद्यालय प्राङ्गणमा बिहीबार एक कार्यक्रमबीच गुरागाईको गजलको भिडियो सार्वजनिक गरिएको हो । ‘मैले यही विद्यालयका पढाउँदा यहीँ बसेर लेखिएको गजल हो,’ गुरागाई भने, ‘यो विद्यालयसँग भावनात्मक सम्बन्ध जोडिएका कारण यहीँ कार्यक्रम आयोजना गरिएको हो ।’ कार्यक्रममा कविद्वय प्रा.डा बद्रीविशाल पोखरेल, मनु मञ्जिल, गायक तथा संगीतकार बालकृष्ण कार्की, अग्रज कवि चूडावसन्त लम्साल, सहप्राध्यापक मदनराज बराल, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, सप्तकोसी दैनिक इटहरीका सम्पादक मोहन ढुंगेल, लेखक राम खरेल, डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद घिमिरे…
Read More
शिक्षाविद् घिमिरेलाई नागरिक अभिनन्दन गरिने, प्रचारप्रसार उपसमिति बिस्तार

शिक्षाविद् घिमिरेलाई नागरिक अभिनन्दन गरिने, प्रचारप्रसार उपसमिति बिस्तार

इटहरी । इटहरीमा रहेर लामो समयदेखि सामाजिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्व लेखनाथ घिमिरेलाई आगामी माघ २७ गते भव्य नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दनलाई थप प्रभावकारी बनाउन बुधवार प्रचारप्रसार उपसमितिहरू बिस्तार गरिएको छ । इटहरीमा रहेका कृियाशिल सञ्चारकर्मीहरूलाई समेटेर बनाइएको समितिका सदस्यहरूमा अनलाइन, टेलिभिजन, छापा र रेडियोमा आबद्ध सञ्चारकर्मीहरू रहेका छन् । यसको संयोजक भने नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य अमर खडका रहेका छन् । बुधवार एक कार्यक्रम गर्दै प्रचारप्रसार उपसमितिमा रहेका सञ्चारकर्मीहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो । शिक्षा सेवी घिमिरेलाई नागरिक अभिनन्दन गर्नका लागि वरिष्ठ कवि अनिल पौडेलको संयोजकत्वमा लेखनाथ घिमिरे अभिनन्दन समिति…
Read More
सदनका ५ वर्ष : केदार कार्की (भिडियो सहित )

सदनका ५ वर्ष : केदार कार्की (भिडियो सहित )

पहिलो सदन अनुभव, बस्यो समुन्नतिको जग । 'डे वान' देखि निरन्तर, निडर अनि प्रखर । जनजीविकाका हरेक सवालमा अविरल बोलिरहे । समस्या सुने, अनि समाधान खोजे । सम्पन्न बनाउन विपन्नलाई रोजे । भूइमान्छेका हरेक समस्या सुल्झाए । सिङ्गो प्रदेश सभालाई जीवन्त तुल्याए । गाँसमा बोले, बासमा बोले, कपासमा बोले, शिक्षामा बोले, स्वास्थ्यमा बोले, विकासमा बोले, विनाशमा बोले । प्रतिपक्षमा हुँदा प्रश्न गरे, सरकारमा हुँदा परिणाम सहितको उत्तर दिए । राष्ट्रिय मुद्दामा स्वाभिमान देखाए । जलवायु परिवर्तनका मुद्दा होस या, विपद्का बेला सदैव अग्रसर भए । कोरोना महामारीमा हराएको सरकार खोजे । आफूले भने जनतालाई नै रोजे । न भ्रष्टाचार गरे,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.