राेचक

प्रेम दिवसमा

प्रेम दिवसमा

नयाँ कतिको सम्बन्ध जोडिए  होला प्रेम दिवसमा कयौँ  पुराना सम्बन्ध तोडिए होला प्रेम दिवसमा ।२। मनभरि खुसीको लाखौँ कल्पना बुनेर आफैमा भाग्यले कतिलाई छल्यो होला प्रेम दिवसमा ।२। अस्वीकार भए होला हजारौँ प्रेम प्रस्तावहरू कति सपनाहरू टुटे होला प्रेम दिवसमा ।२। जवाफको प्रतीक्षामा कयौँ रात काटे होलान् पर्खाइमा गले होला लाखौँ मन प्रेम दिवसमा ।२। वर्षौँदेखि बिग्रिएका सम्बन्धले  बाटो दिँदा बिग्रिएका सम्बन्ध नि सुध्रे होला प्रेम दिवसमा ।२। कयौँ खाली सिउँदो भरिएको होला प्रेम दिवसमा रङ्गिन सिउँदो पुछियो होला कति प्रेम दिवसमा ।२। कयौँले त  पाए होला  जिउने मर्ने सहारा नि हजारौँ प्रेमका ज्योति बले होला प्रेम दिवसमा ।२। कोसौँ…
Read More
धनकुटाको साँगुरीगढीस्थित ध्वजे डाँडामा २२ देशको झन्डा

धनकुटाको साँगुरीगढीस्थित ध्वजे डाँडामा २२ देशको झन्डा

इटहरी । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जीतेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए । आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए । पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो । सूर्योदय हेर्न र घरबास सेवा ९होमस्टे०का लागि प्रख्यात यो…
Read More
पुर्वाञ्चल विश्वविद्यालयका अध्यक्षलाई कालो मोसो दलियो

पुर्वाञ्चल विश्वविद्यालयका अध्यक्षलाई कालो मोसो दलियो

इटहरी । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि विद्यार्थीहरूले कालोमोसो दलेका छन् । आफूहरूका विभिन्न माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई विद्यार्थीहरूले कालो मोसो दलेर दुव्र्यवहार गरेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौँ समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाई नगरेको विद्यार्थी नेताहरूको आरोप छ । उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले कालो मोसो दलेर चेतावनी दिएको नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले जानकारी दिए ।    
Read More
चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

इटहरी । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर रहेका छन् । उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए । यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए। यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।
Read More
इटहरीको आँपगाछीमा सडकभरी रगत, घटना रहस्यमय भएपछि अनुसन्धान गर्दै प्रहरी

इटहरीको आँपगाछीमा सडकभरी रगत, घटना रहस्यमय भएपछि अनुसन्धान गर्दै प्रहरी

इटहरी । इटहरीको आँपगाछीमा सडकभरी रगत भेटिएपछि घटना रहस्यमय बन्दै गएको छ । सोमबार बिहान इटहरी १ स्थित पुरानो यातायात नजिकैदेखि आँपगाछी नजिकैसम्म सडकभरी रगत भेटिएपछि घटना रहस्यमय बन्दै गएको हो । स्थानीयबासीका अनुसार बिहान ५ बजेतिर सडकभरी रगताम्मे देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बिहान प्रहरीलाई खबर भएपछि अनुसन्धान गरेपनि घटनाबारे केही पत्ता लागेको छैन । डीएसपी काफ्लेले भने, ‘सडकभरी रगत देखिएपछि हामीले मान्छेकै पाइला समेत रहेको यकिन गरेका छौँ,’ ‘घटनाबारे हामीले अनुसन्धान गरिरहेको छौँ, फलोअप पनि गरिरहेका छौँ । तर, केही खुलेको छैन ।’ घटनाबारे आधिकारिक प्रमाण र केही तथ्य…
Read More
आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा

आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा

इटहरी । शुक्रबारबाट नेपाली चार वटा चलचित्र एक साथ प्रदर्शन भएका छन् । ‘प्रसाद २,’ ‘नाइँ नभन्नु ल ६,’ ‘पासाङ ः इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेका हुन् । ‘पासाङ’बाहेक अन्य तीन काल्पनिक कथानक चलचित्र हुन् । ‘पासाङ  इन द स्याडो अफ एभरेस्ट’ भने पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित रहेर बनेको डकुमेन्ट्री चलिचत्र हो । विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ६’ एक प्रेमकथामा आधारित रहेर बनेको चलिचत्र हो । यसमा प्रियंका कार्की, आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी,…
Read More
चार दलका युवा संगठनले बुझाए धरानका मेयरलाई ८ बुँदे ज्ञापनपत्र

चार दलका युवा संगठनले बुझाए धरानका मेयरलाई ८ बुँदे ज्ञापनपत्र

इटहरी । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई विभिन्न चार दलका युवा संगठनले ८ बुँदे ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल र लिम्बूवान युवा मञ्चका युवाहरूले उपमहानगर परिसरमा गएर नगरप्रमुख साम्पाङसँग ८ प्रश्नको जवाफ मागेका हुन् । उनीहरूले नगरप्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण धरानबारे नकारात्मक टिप्पणी हुन थालेको भन्दै अविभावकको रूपमा रहेको नगरप्रमुखका त्यस्तो हर्कत शोभनीय नहुने बताएका छन् । उनीहरूले नगर प्रमुखले युवालाई गुन्डाको संज्ञा दिनु, दलका झोले भन्नु, गुइँठे जस्ता शब्दको प्रयाग गरिनुले धराने युवाको गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । यस्ता छन् उनीहरुले राखेका…
Read More
भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

इटहरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अवैध सामानहरू प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुहबी र अन्य कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छली, चोरी, निकासी गरी ल्याउँदै गरेको विभिन्न प्रकारका कुर्ता सुरुवाल, लेङगा र साडी बरामद गरेको हो । बरामद गरिएका सामान अन्दाजी एक लाख ८८ हजार बराबरको रहेका छन् । बरामद भएका सामान आवश्यक कारबाहीको लागि कोसी ब्यारेज भन्सार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
Read More
इटहरी क्षेत्रमा धरानले लगाएको ‘सीमा प्रारम्भ’को बोर्ड मध्यरातमा युवा संघले उखेल्यो

इटहरी क्षेत्रमा धरानले लगाएको ‘सीमा प्रारम्भ’को बोर्ड मध्यरातमा युवा संघले उखेल्यो

इटहरी । धरान उपमहानरपालिकाले इटहरी २० तरहराको पानीपियामा राखेको ‘सीमा प्रारम्भ’ को बोर्ड युवा संघ इटहरीले उखेलेको छ । एमालेसम्बद्ध युवा संघमा आबद्व युवाहरूले मध्यरातमा उखेलेर इटहरी उपमहनगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका हुन् । युवा संघका कमलजंग क्षेत्रीले जनप्रतिनिधिहरूबीच बसेर छलफल गर्नुपर्ने भएपनि धरानले एकलौटी ढंगले बोर्ड राखेपछि आँफूहरूले उखेलेको उनले उनले बताए । यो क्षेत्र भने इटहरी वडा नं. २० मा पर्ने भएकाले भोगाधिकार पनि इटहरीले नै गर्दै आएको छ । इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद थियो । तर, सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना छुट्टाउँदै आएको छ ।
Read More
धरानका मेयर हर्क साम्पाङले  लगाए ‘सीमा प्रारम्भ’को बोर्ड

धरानका मेयर हर्क साम्पाङले लगाए ‘सीमा प्रारम्भ’को बोर्ड

इटहरी । धरान उपमहानगरपालिकाले आफ्नो सीमा मिचेर ‘सीमा प्रारम्भ’ को बोर्ड लगाएको छ । इटहरी २० मा पर्ने पानीपिया क्षेत्रमा आफ्नो इलाका परेको दाबी गर्दै धरानका मेयर हर्क साम्पाङले ‘सीमा प्रारम्भ’ को बोर्ड लगाउन निर्देशन दिएसँगै आइतबार बोर्ड लगाइएको थियो । तरहराको पानीपिया सुरु हुनासाथै ‘स्थानीय सरकार, धरान उपमहानगरपालिका, सीमा प्रारम्भ’ लेखिएको बोर्ड लगाइएको हो । जबकि, यो क्षेत्र भने इटहरी वडा नं. २० मा पर्ने भएकाले भोगाधिकार पनि इटहरीले नै गर्दै आएको छ । यससँगै इटहरी क्षेत्रका बासिन्दाले भने धरानका मेयर साम्पाङको विरोध जनाएका छन् । इटहरी २० का जनप्रतिनिधि सुरेश गुरुङले धरानले आफ्नो क्षेत्र भनेर दाबी गर्न नमिल्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.