नयाँ कतिको सम्बन्ध जोडिए होला प्रेम दिवसमा
कयौँ पुराना सम्बन्ध तोडिए होला प्रेम दिवसमा ।२।
मनभरि खुसीको लाखौँ कल्पना बुनेर आफैमा
भाग्यले कतिलाई छल्यो होला प्रेम दिवसमा ।२।
अस्वीकार भए होला हजारौँ प्रेम प्रस्तावहरू
कति सपनाहरू टुटे होला प्रेम दिवसमा ।२।
जवाफको प्रतीक्षामा कयौँ रात काटे होलान्
पर्खाइमा गले होला लाखौँ मन प्रेम दिवसमा ।२।
वर्षौँदेखि बिग्रिएका सम्बन्धले बाटो दिँदा
बिग्रिएका सम्बन्ध नि सुध्रे होला प्रेम दिवसमा ।२।
कयौँ खाली सिउँदो भरिएको होला प्रेम दिवसमा
रङ्गिन सिउँदो पुछियो होला कति प्रेम दिवसमा ।२।
कयौँले त पाए होला जिउने मर्ने सहारा नि
हजारौँ प्रेमका ज्योति बले होला प्रेम दिवसमा ।२।
कोसौँ टाढा भए पनि आँखाभरि उसैकै तस्बिर
उसकै हुन मन होला आउँदो सालको प्रेम दिवसमा ।२।
प्रणय दिवसको शुभकामना ।