No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैंचामा आकर्षणको नयाँ गन्तव्य : “गोदावरी रिभरसाइड रिसोर्ट”

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १५, २०८२
in मनाेरञ्जन, राेचक, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । मोरंगको सुन्दरहरैंचा–४, दुलारीमा नयाँ पर्यटकीय आकर्षण थपिएको छ। प्राकृतिक सुन्दरता, आधुनिक सुविधा र रमणीय वातावरणको संगम बनेको “गोदावरी रिभरसाइड रिसोर्ट” सञ्चालनमा आए संगै पर्यटकीय आकर्षण थपिएको हो ।

दुलारी चोकदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ र इटहरीबाट ६ किलोमिटर दूरीमा रहेको यस रिसोर्टले सहज पहुँचसँगै शान्त वातावरणमा गुणस्तरीय सेवा दिने लक्ष्य लिएको छ। रिसोर्टका अध्यक्ष रमेश खड्काका अनुसार पहिले त्रिवेणी रिसोर्ट नामले चिनिएको यस स्थललाई नयाँ नाम, नयाँ व्यवस्थापन र अझ आकर्षक रुप दिएर सञ्चालनमा ल्याइएको हो।

रिसोर्ट परिसर प्रवेश गरेसँगै ठूलो ताल, हरियाली र आरामदायी छहारीले आगन्तुकलाई तान्छ। ताल वरपर घुम्ने बाटो, रमाइलो वातावरण, र खुला ठाउँमा सानो–ठूलो सभा–सम्मेलन गर्न मिल्ने व्यवस्था विशेष आकर्षणका रूपमा रहेको छ। अध्यक्ष खड्काका अनुसार, “शान्त वातावरणमा छलफल, बैठक वा पारिवारिक कार्यक्रम गर्न चाहनेका लागि यो रिसोर्ट उपयुक्त स्थल हो।”

रिसोर्टमा एकैपटक दुई सयभन्दा बढी पाहुना अटाउने एसीसहितको हल रहेको छ। हलहरुसँगै खुला स्थानमा पनि स्टेज कार्यक्रम गर्न सकिने सुविधा रहेको छ। विशेष गरी पोखरीको बीच भागमा कार्यक्रम गर्ने र वरिपरि बसेर हेर्ने अनौठो अनुभव यहाँ उपलब्ध रहेको छ।

यहाँ आउने आगन्तुकका लागि बोटिङ विशेष आकर्षण बनेको छ। ठूलो तालमा उत्पन्न हुने छालसँगै डुंगा चलाउने अनुभव अलग र रोमाञ्चक हुन्छ। तालको बीच भागमा आराम गर्ने ठाउँ पनि बनाइएको छ, जहाँ विशेष सेवा लिन सकिन्छ।

त्यसैगरी, ‘नमस्ते’ आकारका इग्लु घर, डोम हट र डिलक्सदेखि प्रिमियम तहसम्मका कोठामा आरामदायी बसाइको अनुभव पाइन्छ। रिसोर्टका मार्केटिङ मेनेजर खेम नेपालका अनुसार, “हामीले आगन्तुकलाई यहाँ बसेपछि विदेशी रिसोर्टजस्तै अनुभूति होस् भन्ने सोचका साथ संरचना तयार गरेका छौं।”

मनोरञ्जन थप्नका लागि यहाँ इन्डोनेसियाको बालीमा प्रख्यात अग्लो पिङ (Swing) राखिएको छ, जहाँ जोडी मिलेर रमाइलो गर्न सक्ने सुविधा छ। साथै, कोलम्बस स्विङ र बालबालिकाका लागि खेलकुद सामग्रीसमेत व्यवस्थापन गरिएको छ।

रिसोर्ट सुन्दरहरैंचाको मात्र नभई पूर्वाञ्चलकै महत्वपूर्ण गन्तव्य बन्दैछ। धरान, भेडेटार, धनकुटा, इलाम, कन्याम, तिनजुरे जस्ता चर्चित पर्यटन स्थल छोटो दूरीमै पर्छन्। त्यसैले यहाँ बसेर यी क्षेत्रमा सहजै पुग्न सकिन्छ। साथै, भारतबाट आउने आगन्तुकका लागि पनि यो एकान्त र रमणीय ठाउँ छुट्टै अनुभव दिने खालको गन्तव्य हुने अपेक्षा गरिएको छ।

सञ्चालक रोहित शाहका अनुसार रिसोर्टलाई पूर्वी नेपालको उत्कृष्ट इको–फ्रेन्डली रिभरसाइड रिसोर्टका रूपमा विकास गर्ने योजना रहेको छ। प्राकृतिक वातावरण संरक्षण गर्दै आधुनिक सुविधा थप्दै लैजाने दृष्ट्रिकोण लिइएको उनले बताए।

आगामी दशैं तिहारलाई लक्षित गर्दै रिसोर्टले विशेष छुट योजना सार्वजनिक गरेको छ। भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो अफरअन्तर्गत १० जना वा सोभन्दा बढीको समूहले प्रवेश शुल्कमा २५ प्रतिशत छुट पाउनेछन्। साथै, बोटिङ, खानाको मेनु र आवासमा समेत छुटको व्यवस्था गरिएको छ।

स्थानीय स्वास्थ्यप्रेमीहरुलाई लक्षित गर्दै बिहान मर्निङ वाक गर्न आउनेहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पोखरी वरिपरिको हरियाली वातावरणमा हिँड्ने अनुभव छुट्टै हुने बताउँदै अध्यक्ष खड्काले मर्निङ वाकका लागि आउनेहरुलाई निःशुल्क कार्ड उपलब्ध गराईने जानकारी दिए ।

स्थानीयस्तरमा अनुभवी टिमले व्यवस्थापनको जिम्मा लिएको कारण वरिपरिको समुदाय पनि उत्साहित रहेका छन। पर्यटन व्यवसायबाट स्थानीय रोजगारी र आम्दानी बढ्ने अपेक्षा स्थानियले गरेका छन् ।

ShareTweetPin
Previous Post

फेल्थाममा २७ सेप्टेम्बर यती कप फुटबल प्रतियोगिता हुँदै

Next Post

‘अभिमन्यु: च्याप्टर-१’ ले प्रचारप्रसार लाई दियो तिब्रता

Next Post
‘अभिमन्यु: च्याप्टर-१’ ले प्रचारप्रसार लाई दियो तिब्रता

'अभिमन्यु: च्याप्टर-१' ले प्रचारप्रसार लाई दियो तिब्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.