इटहरी । सुनसरीका अग्रज पत्रकार सुविद गुरागाईको ‘जब मन धेरै दुखेको हुन्छ’ गजलको भिडियो सार्वजनिक गरिएको छ ।
इटहरी १६ स्थित सरस्वती जब्दी माध्यमिक विद्यालय प्राङ्गणमा बिहीबार एक कार्यक्रमबीच गुरागाईको गजलको भिडियो सार्वजनिक गरिएको हो ।
‘मैले यही विद्यालयका पढाउँदा यहीँ बसेर लेखिएको गजल हो,’ गुरागाई भने, ‘यो विद्यालयसँग भावनात्मक सम्बन्ध जोडिएका कारण यहीँ कार्यक्रम आयोजना गरिएको हो ।’
कार्यक्रममा कविद्वय प्रा.डा बद्रीविशाल पोखरेल, मनु मञ्जिल, गायक तथा संगीतकार बालकृष्ण कार्की, अग्रज कवि चूडावसन्त लम्साल, सहप्राध्यापक मदनराज बराल, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, सप्तकोसी दैनिक इटहरीका सम्पादक मोहन ढुंगेल, लेखक राम खरेल, डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।


















