खेमराज सापकाेटा

50 Posts
मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित, गठबन्धनका सांसदहरु छलफलमा

मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित, गठबन्धनका सांसदहरु छलफलमा

इटहरी । उपसभामुख अचानक विरामी भएर काठमाडौं प्रस्थान गरेपछी कोशी प्रदेशमा बिहान ८ बजे बोलाएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक नै स्थगित भएको छ । परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगेपनि उपसभामुखले अनुपस्थित रहने सूचना दिइसकेका कारण बैठक अगाडि नबढी स्थगित भएको हो । परामर्श समितिका सदस्यहरुबीच अनौपचारिक छलफल भने भएको छ । उपसभामुख सिर्जना दनुवारले आफू अचानक बिरामी भएकोले प्रदेशसभाको बैठक संचालन गर्न असमर्थ रहेको जानकारी दिएकी छिन् । प्रदेशसभाको अध्यक्ष मण्डलका सदस्य ईस्राईल मन्सुरीलाई अध्यक्षताको जिम्मेवारी दिएको उनले उल्लेख गरेकी छिन् । मन्सुरी कांग्रेसबाट निर्वाचित सदस्य हुन् । अहिले गठबन्धन दलका सांसदहरु आगामी रणनीतिका बारेमा…
Read More
जनता क्याम्पसलाई राजनीति मुक्त गरि थितीमा ल्याउन मेरो स्वतन्त्र उम्मेदवारी : पुष्प कार्की

जनता क्याम्पसलाई राजनीति मुक्त गरि थितीमा ल्याउन मेरो स्वतन्त्र उम्मेदवारी : पुष्प कार्की

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको निर्वाचन यही साउन २० गते (भोली) हुँदै छ । जसका लागि ७ सय २८ परिषद्ले आफ्नो मतबाट १३ जना सदस्य छान्नुपर्ने हुन्छ । विश्वविद्यालय त्यसमाथि क्याम्पसहरू शैक्षिक गन्तव्य भन्दा पनि राजनीति गर्ने थलो बनेको र शैक्षिक उपलब्धि प्राय शून्य भएको भन्दै स्वतन्त्र उम्मेदवार पनि खडा भएका छन् । चुनावमा शवै राजनीतिक दल एकातर्फ भागबन्डाका साथ अगाडि बढिरहँदा स्वतन्त्र उम्मेदवारले पनि राजनीतिक हस्तक्षेपभन्दा बाहिर रहेर काम गर्ने अठोटका साथ चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । यसैबिच क्याम्पस सञ्चालक समितिको सदस्यमा रामधुनी सुनसरीका पुष्प कार्की स्वतन्त्रबाट चुनावी मैदानमा होमिएका छन् । राजनीतिक हस्तक्षेपभन्दा बाहिर…
Read More
कोशी प्रदेश प्रहरीको वार्षिक प्रगति : करिव ९ हजार मुद्धा दर्ता, ५२ करोड बढी राजश्व संकलन

कोशी प्रदेश प्रहरीको वार्षिक प्रगति : करिव ९ हजार मुद्धा दर्ता, ५२ करोड बढी राजश्व संकलन

इटहरी । कोशी प्रदेशमा गत आर्थिक वर्ष २०७९÷०८० मा ८ हजार ७ सय १९ मुद्धा दर्ता हुँदा २ हजार ७ सय ७३ मुद्धा फर्च्छौट भएका छन् । प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बार्षिक कार्य सम्पादन समिक्षा प्रगति बिबरण सार्वजनिक गर्दै सो कार्यबाट कुल ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ राजश्व संकलन भएको उल्लेख गरे । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौता तथा कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान अन्तरगत प्रभावकारी रुपमा प्रहरी परिचालन भई…
Read More
धरानको जङ्गलमा गोली हानी हत्या र लुटपाट गर्ने २ जना पेस्तोलसहित पक्राउ

धरानको जङ्गलमा गोली हानी हत्या र लुटपाट गर्ने २ जना पेस्तोलसहित पक्राउ

इटहरी । सुनसरीको धरान इटहरी सडक खण्डमा गोली हत्या गर्ने समूह मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा लेटाङ स्थायी घर भएका दीपक तिम्सिना र धरानका आसमान तामाङलाई प्रहरीले पक्राउ गरेर बुधवार सार्वजनिक गरेको हो । पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोल समेत बरामद गरिएको जिल्ला प्रहरी सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले फलैचान्यूजलाई जानकारी दिए । अन्य एकको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ढकालले बताए । साथीसँग धनकुटाबाट फर्कने क्रममा सेउती पुल नजिक मोटर साइकल रोकेर बसेका चौधरीलाई तीन जनाको हतियारधारी समूहले गोली प्रहार गर्दा गम्भीर घाइते भएका थिए…
Read More
हुम्मा पोखरीको संरक्षणमा जुट्दै स्थानीय, स्थानीय सरकारको साथ

हुम्मा पोखरीको संरक्षणमा जुट्दै स्थानीय, स्थानीय सरकारको साथ

जन्तेढुंगा । खोटाङ जिल्लाको दक्षिणी भेगमा रहेको जन्तेढुंगा गाउँपालिकामा रहेको हुम्मा पोखरीको संरक्षणका लागि स्थानीय लागि परेका छन् । संरक्षण समिति नै गठन गरेर पोखरी संरक्षणमा स्थानीय जुटेका हुन् ।जन्तेढुंगा गाउँपालिका अध्यक्ष उपाध्यक्षको उपस्थितिका साथ स्थानीय प्रेम बहादुर कटुवालको अध्यक्षतामा संरक्षण समिति गठन गरिएको र पर्यटकीय गन्तव्य बनाउन लागि परेको स्थानीय योगेश कटुवालले जानकारी दिए । धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि यहाँको सरसफाइ, वृक्षारोपण लगायतका काम बाट सुरु गरिएको छ । पोखरीको संरक्षण तथा हराभराका लागि जन्तेढुंगा गाउँपालिकाले विभिन्न ५०० जातका बिरुवा रोपेको छ । बाह्रै मास पानी नसुक्ने सो पोखरीमा दुर्लभ प्रजातिको रातो माछा पनि पाइन्छ ।
Read More
साजीलालमा श्रमसँगै आत्मनिर्भर बन्ने अभियान, व्यवहारिक शिक्षामा जोड

साजीलालमा श्रमसँगै आत्मनिर्भर बन्ने अभियान, व्यवहारिक शिक्षामा जोड

सुन्दरहरैंचा । मोरङको साजीलाल माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक सिकाई तर्फ जोड दिइरहेको छ । सुन्दरहरैंचा ६ दुलारीमा रहेको सामुदायिक विद्यालयले पढाइका अतिरिक्तका क्रियाकलाप विभिन्न नाराका साथ सञ्चालन गरिरहेको हो । विद्यालयले “शिक्षा सँगै श्रम“, “म बनाउँछु मेरो विद्यालय“ लगायतका कार्यक्रमको सुरुवात गरेको शिक्षालाई व्यवहारिक बनाउन जोड दिएको विद्यालयका सूचना अधिकारी भवानी शङ्कर ढकालले बताए । उनका अनुसार विद्यालयले विद्यार्थीका आधारभूत आवस्यक्ता समेत पुरा गर्ने उद्देश्यका साथ शिक्षा सँगै श्रम कार्यक्रम ल्याइएको हो । यसै गरी आफ्नो विद्यालय आफैँ सुन्दर बनाउन म बनाउँछु मेरो विद्यालय कार्यक्रम ल्याइएको उनले बताए । ‘यसले विद्यार्थीलाई बाहिरी ज्ञान समेत हुन्छ र श्रम गरेर विद्यार्थी रोजगारीमा…
Read More
जोगवनी नाकाको अबस्था भिडियो

जोगवनी नाकाको अबस्था भिडियो

विराटनगर । जोगवनी नाकाको अबस्था भिडियो https://youtu.be/jc9W9MhTq1Q
Read More
रामकुमार खत्री : नेविसंघ विद्यालयको सभापतिदेखि प्रदेश मन्त्रीसम्म

रामकुमार खत्री : नेविसंघ विद्यालयको सभापतिदेखि प्रदेश मन्त्रीसम्म

विराटनगर । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोश्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा उदयपुर क्षेत्र नं २ ख बाट निर्वाचित सांसद रामकुमार खत्री मन्त्री बनेका छन् । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति जीवनको सुरुवात गरेका खत्री नेपाली कांग्रेसका मिलनसार तथा शालीन स्वभावको नेताका रूपमा स्थापित छन् । हेरौँ खत्रीको संक्षिप्त जीवनी जन्म : २०३७ साल मङ्सिर १० गते ठेगाना : कटारी नगरपालिका ८ उदयपुर बुबा आमा : स्व.कर्णबहादुर÷मनमाया खत्री विद्यालय : श्री जनमुखी मा.वि वसेरी हर्देनी उच्च शिक्षा : एम.ए. पास राजनीति  २०५१ : नेपाल विद्यार्थी संघ विद्यालय इकाई सभापति २०५५ : महेन्द्र मोरङ क्याम्पस स्ववियु सदस्य २०५७ : पटना भन्ज्याङ…
Read More
सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

रामधुनी । सुनसरीका स्थानीय तहरुमा पशुहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता भएको पाइएको छ । जिल्लामा खोप लगाउनका लागि पठाइएका व्यक्तिले फर्जि कागज समेत बनाएर पेश गरेको पाईएको हो । सुनसरीको रामधुनी नगरपालिकामा नियुक्त भएका भ्याक्सिनेटर अर्थात खोप कर्ता विक्रम धामी, आभाष भण्डारी र संगीता महथाले फर्जी कागज बनाएर पठाएका छन् । नेपाल सरकारले निःशुल्क रुपमा किसानका गाइभैसीलाई उपलब्ध गराएको खोरेत बिरुद्धको खोपमा समेत कमाउ धन्धा बनाएका उनिहरुले बसाइ सरेर गएका परिवारको समेत नाम लेखेर फर्जि कागज बनाएका हुन् । त्यति मात्र हैन दुइवटा खोप लगाएका ठाँउमा १२ तीन ओटा लगाएका ठाउँमा ३० बनाएर भ्याक्सिनेटरले…
Read More
सुनसरीमा राहदानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य, एकै दिनमा काम

सुनसरीमा राहदानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य, एकै दिनमा काम

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले राहदानीको फारम भर्न तथा फोटो खिचाउनका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ । सेवाग्राहीलाई सहज वाताबरणमा राहदानी प्रदान गर्ने उद्देश्यले प्रशासन आफैले फारम भर्ने र सोही दिन फोटो खिच्न सक्ने व्यवस्था गरेको हो । आइतबारबाट सुरु गरिएको सेवामा अहिले तत्काल दैनिक १ सय २० जनालाई सेवा दिने र यो सङ्ख्यालाई बिस्तारै वृद्धि गर्दै लैजाने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन । 'म आए देखि नै सेवालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भनेर काम भइरहेको छ । उनले भनिन्, राहदानीको सन्दर्भमा हामी अब टोकन सिस्टम नै बनाएका छौँ ताकी कसैले दिनभर कुर्नु नपरोस्, आए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.