रामकुमार खत्री : नेविसंघ विद्यालयको सभापतिदेखि प्रदेश मन्त्रीसम्म

विराटनगर । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोश्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा उदयपुर क्षेत्र नं २ ख बाट निर्वाचित सांसद रामकुमार खत्री मन्त्री बनेका छन् । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति जीवनको सुरुवात गरेका खत्री नेपाली कांग्रेसका मिलनसार तथा शालीन स्वभावको नेताका रूपमा स्थापित छन् ।

हेरौँ खत्रीको संक्षिप्त जीवनी
जन्म : २०३७ साल मङ्सिर १० गते
ठेगाना : कटारी नगरपालिका ८ उदयपुर
बुबा आमा : स्व.कर्णबहादुर÷मनमाया खत्री
विद्यालय : श्री जनमुखी मा.वि वसेरी हर्देनी
उच्च शिक्षा : एम.ए. पास

राजनीति 
२०५१ : नेपाल विद्यार्थी संघ विद्यालय इकाई सभापति
२०५५ : महेन्द्र मोरङ क्याम्पस स्ववियु सदस्य
२०५७ : पटना भन्ज्याङ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
२०५७ – २०६० : नेविसंघ महेन्द्र मोरङ क्याम्पस सचिव
२०५८ – २०५९ : नेविसंघ उदयपुर जिल्ला सचिव
२०६० – २०६५ : नेविसंघ महेन्द्र मोरङ क्याम्पस इकाई सभापति
२०६२ : महेन्द्र मोरङ क्याम्पस स्वविधु सचिव
२०६६ : नेविसंघ केन्द्रीय सदस्य
नेपाली कांग्रेस १२ औँ महाधिवेशन : महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेस १३ औँ महाधिवेशन : उदयपुर क्षेत्र नं. २ क्षेत्रीय सभापति
२०७४ : प्रदेश सभा सदस्यको उम्मेदवार, उपविजेता
२०७९ : प्रदेश सभा सदस्य पदमा निर्वाचित, उदयपुर क्षेत्र नं. २ ख
२०८० असार २४ गते : कोशी प्रदेश सरकारको मन्त्री पदमा नियुक्त ।

By खेमराज सापकाेटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.