रामधुनी । काँग्रेस १४ औं महाधिवेशन अन्तरगत नगर अधिवेशनमा रामधुनीका युवा नेता सुदीप अधिकारीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । रामधुनी ५ मा रहेको कल्प बृक्ष प्याटी प्यालेसमा आयोजित उम्मेदवारी घोषणा सभामा काँग्रेस नगर सभापतिमा सुदीप अधिकारी सहित उनको प्यानलले उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली काँग्रेस रामधुनी नगर सभापतीमा अधिकारी उपसभापति आशा चौधरी र सचिवमा महेश चौधरी र देस्तीराम चौधरी सह–सचिव आधिकारिक उम्मेदवार घोषित भएका हुन । कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने सभापतिका प्रत्याशी अधिकारीले जानकारी दिए ।

कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू वडाबाटै प्रतिनिधित्व गरी आउने नेपाली काँग्रेसको विधान रहेको छ । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार सुनसरीम नगरपालिका तहको चुनाव असोज ९ गते हुँदै छ । सभापतिका उम्मेदवार सुदिप अधिकारीले भुगोल समाबेश जात जाती समावेशी, जुझारु, र ऊर्जावान् टिमा आफ्नो भएकाले जित सुनिश्चित रहेको बताए ।
कम्युनिस्टको कब्जामा रहेको रामधुनीका धेरै बडामा काँग्रेसमय बनाई स्थानीय तहको निर्बाचनमा सबै बडामा जित सुनिश्चित हुने गरी सबैलाई समेटेर काम गर्ने गरीको टिम निमार्ण गरी आफ्नो पुन उम्मेदवारी घोषणा गरेको अधिकारीको भनाई छ ।



















