इटहरी । सुनसरीको कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युतसहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष एयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताएका हुन् ।
उनले विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेको बताए ।
गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा योजना तथा विकास कार्यक्रमसमेत सञ्चालन गरिरहेको अंसारीले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार विद्युत्सहित भौतिक संरचना निर्माणमा जोड दिएको उल्ल्ेख गरेका छन् ।

















