नेपाली कांग्रेस

यी हुन प्रदेश १ मा कांग्रेसका उम्मेदवार(सूचिसहित)

यी हुन प्रदेश १ मा कांग्रेसका उम्मेदवार(सूचिसहित)

इटहरी । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको हो । आज बस्ने संसदीय बोर्डको बैठकले गठबन्धनमा कांग्रेसले पाएका सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाउने छ । शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षले आआफ्नो अडान कायम राखेकाले समस्या उत्पन्न भइरहेको नेताहरुको भनाई छ । प्रदेश १ मा २८ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले १८ सिट प्राप्त गरेको छ । जसमा तेह्रथुम – सीता गुरुङ पाँचथर – भीष्मराज आङदेम्बे धनकुटा – सुनिल थापा संखुवासभा – दीपक खड्का ओखलढुंगा – रामहरि खतिवडा इलाम २ – बाँकी…
Read More
कटहरीका कांग्रेस एकल उम्मेदवार मतदाताका घर घरमा

कटहरीका कांग्रेस एकल उम्मेदवार मतदाताका घर घरमा

कटहरी । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेको छ । अन्यत्र गठबन्धन भएपनि कटहरीमा भने कांग्रेस उम्मेदवार एक्लैले अधिकांश पदमा एकल मनोनयन दर्ता गराएका छन् । https://www.youtube.com/watch?v=J3OFkRVue00&t=425s   आगामी बैसाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदैछ । कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको बताए । उनले भने,“विकास निर्माण साथै जनताको आवश्यकता अनुसार हामी काम गर्ने योजनाका साथ अघि बढेका छौ ।” चौधरीले आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आवस्यकता र मागअनुसार विकास निर्माणका काम अघि बढाइने बताए । गाउँपालिकामा घरदैलो अभियानमा ब्यस्त रहेका चौधरीले…
Read More
पार्टीको निर्णय नमान्नेलाई कारबाही हुन्छ : डा.कोइराला

पार्टीको निर्णय नमान्नेलाई कारबाही हुन्छ : डा.कोइराला

सुन्दरहरैंचा । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेद्धारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् । सुन्दरहरैंचाका कतिपय स्थानमा वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उमेद्धार प्रस्तुत भएको बताउँदै यस्ता उमेद्धारलाई पार्टीले कारबाही गर्ने बताए । नेपाली काँग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उमेद्धारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ । उनले भने, जो ती उमेद्धारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ । नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक…
Read More
इटहरीमा गठबन्धनको संकल्पपत्र सार्वजनिक

इटहरीमा गठबन्धनको संकल्पपत्र सार्वजनिक

इटहरी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरीमा गठबन्धनले २५ संकल्प पत्र सार्वजनिक गरेको छ । आइतबार इटहरीको लायन्स क्लबमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका उम्मेदवारहरूले २५ संकल्प सार्वजनिक गरिएको हो । जसमध्ये सुशासन र पारदर्शितालाई प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइएको छ । यस्तै, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । यस्तै, निस्शुल्क सेवाको सुरुआतलाई पनि प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत इटहरीमा सबै ठाउँमा खानेपानी आपूर्तिको व्यवस्था गरिने, एक हजार स्क्वायर फिटसम्मको आवासीय क्षेत्रको घर नक्सापास निस्शुल्क…
Read More
अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढि विकाश गर्छुः ढकाल

अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढि विकाश गर्छुः ढकाल

सुन्दरहरैचा । गठबन्धनको तर्फबाट सुन्दरहरैचा नगरपालिकाको मेयरका उमेद्धवार शिव प्रसाद ढकालले अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढि विकाश गर्ने बताएकाछन् । अहिलेको कार्यकालमा अधुरा रहेका आयोजना पुरागर्ने र आगामि ५ बर्षमा थप विकाशका योजना ल्याउने उनले बताए । वडा नम्बर ९ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका प्रत्याशी ढकालले भुगोल र जनसंख्याको हिसाबमा सुन्दरहरैचा ठुलो भएपनि विकाशको पुर्वाधारको हिसाबमा भर्खरै उकालो लागेको प्रष्ट पारे । उद्यम, श्वास्थ्य र कृषीको केन्द्र बनाएर उपमहानगरपालिका बनाउने योजना रहेको उनले सुनाए । गठबन्धन को समुह सहित बहुमतले आफुलाई जिताउन सबै नगरवासीलाई आग्रह गरेका छन् । एमाले संग विकासका कुनै एजेण्डा नभएको बताउँदै उनले आलोचना…
Read More
आहा इटहरी हैन स्वाहा इटहरी भयो : हेमकर्ण पौडेल

आहा इटहरी हैन स्वाहा इटहरी भयो : हेमकर्ण पौडेल

इटहरी । गठबन्धनका तर्फबाटबाट इटहरी उपमहानगरमा मेयर पदका उमेद्धार हेमकर्ण पौडेलले परिवर्तनका लागि एक पटक गठबन्धनलाई मत दिनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको घरदैलो अभियान अन्तरगत इटहरी ५ को कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले देशको लोकतन्त्र बचाउन बनेको गठबन्धन भएकाले इटहरीमा पनि गठबन्धनको जीत आवश्यक रहेको बताउनुभएको हो । इटहरीलाई आहा इटहरी बनाउँछु भनेर अघिल्लो नेतृत्वले इटहरीलाई स्वाहा बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यहाँ एक जना मान्यज्यूले चुनावका बेला इटहरीमा आकाशे पुलको भाषण गरी पुलमा डेटिङ स्पट बनाउने भन्नुभएको थिएन ? पछि मैले नै मान्य ज्यू आहा इटहरी के भयो भनेर सोधेँ, उहाँले नै भन्नुभयो स्वाहा भयो भनेर ।'आफूले गर्न सक्ने…
Read More
कोशीमा जनमत हाम्रो पक्षमा नै आउँछ : सभापति अन्सारी

कोशीमा जनमत हाम्रो पक्षमा नै आउँछ : सभापति अन्सारी

इनरुवा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुनसरीमा चहलपहल बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाइ तिब्र रुपमा अघि बढाएका छन् । https://www.youtube.com/watch?v=iYYW4LoCPhw राजनीतिक दलहरुले उम्मेदवारहरुको टुङ्गो लगाएपछि आफ्नो पक्षमा मत ल्याउन यतिवेला घरदैलो अभियानमा गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ यतिवेला। मुख्य प्रतिस्पर्धीका रुपमा रहेका काङ्ग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालले पनि स्थानीय तहहरुमा चुनावी अभियान सुरु गरेको छ । केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्लाएक्लै…
Read More
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न मेरो उमेद्धारी  : सुदीप अधिकारी

ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न मेरो उमेद्धारी : सुदीप अधिकारी

रामधुनी । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेस बाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ग्रामीण क्षेत्रबाट विकासको शुरुवात गर्ने अवधारणाका साथ सवै ग्रामिण वस्तीहरुमा सडक, सञ्चार, खानेपानी, इन्टरनेट, विद्युत लगायतका पूर्वाधारको विकास गरी स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको संचारकर्मी संग उहाले बताउनुभउको छ । आज सम्म राजनीतिक दलले तयार पारेका घोषण पत्रमा रामधुनी नगर बासीको हक हितमा काम गर्ने भनेर घोषण गर्ने गरेका तर निर्बाचन पछि कुनै पनी काम नगरेकाले नगरबासी आजित भएका ले गर्दा आफूले जिते त्यसलाई सुधारेर…
Read More
टिकटको कुरा छोडौं, सुन्दरहरैंचामा काँग्रेसलाई विजयी गराऔँ : सभापति तामाङ

टिकटको कुरा छोडौं, सुन्दरहरैंचामा काँग्रेसलाई विजयी गराऔँ : सभापति तामाङ

सुन्दरहरैंचा । नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले स्थानीय निकायको चुनावमा नेपाली काँग्रेसका रुख चिन्हवाहक छापमा मतदान गरी उमेद्धारहरुलाई विजयी गराउन अपिल गरेका छन् । शुक्रवार सुन्दरहरैंचा वडा नं ५ ले फोक्लेन टापुमा आयोजना भएको घरदैलो अभियान पछिको कोण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको तर्फबाट सुन्दरहरैंचा ५ मा राम रिजाल नेतृत्वको टिम र नगरमा मेयरका उमेद्धार शिव प्रसाद ढकाललाई अत्यधिक मतका साथ विजयी गराउन उनले अपिल गरेका हुन् । सभापति तामाङले कार्यक्रममा भने, 'म पनि मेयरको आकाङ्क्षी थिए, पार्टीले यस अघि गरेका कामको समेत मुल्याङकन गरी फेरी पनि शिव ढकाललाई बाँकी…
Read More
गठबन्धन : इटहरीमा हेमकर्ण, धरानमा किशोर मेयरका उमेद्धार

गठबन्धन : इटहरीमा हेमकर्ण, धरानमा किशोर मेयरका उमेद्धार

इटहरी । नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिका मेयरको उमेद्धार हेमकर्ण पौडेललाई दिने निर्णय गरेको छ । इटहरी नगर सभापति समेत रहेका पौडेललाई गठबन्धनको तर्फबाट उपमहानगरपालिकाको उमेद्धारी बनाउने निर्णय भएको कांग्रेस विस्वश्त श्रोतले बतायो । यस्तै धरान उपमहानगरको उमेद्धार भने किशोर राईले पाएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.