नेकपा

ओली श्री ३ बन्न खोजेको भन्दै माधव नेपाल गर्जिए

ओली श्री ३ बन्न खोजेको भन्दै माधव नेपाल गर्जिए

इटहरी । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली श्री ३ बन्न खोजेको आरोप लगाएका छन् । इटहरीको तरहरा सहिद आवशिय बिद्यालयमा आयोजित २६ औं जनयुद्ध दिवस बिषेश कार्यक्रममा बोल्दै ओली श्री ३ बन्न खोज्दा देश संकटमा परेको उनको आरोप हो । श्री ३ श्री ५ लगायतका श्रीहरुको युग समाप्त भईसके पनि ओली अझै त्यही युगको बाटोमा रहेको उहाँले दावी पनि गरे । सो समुहकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीले संविधान मिचेर अघि बढ्ने मार्ग अपनाउने प्रयास गरेकोमा राजनैतिक लडाइका रुपमा सडकबाट लडाइ लडिरहेको बताइन् । स्थायी कमिटि सदस्य बर्षमान पुनले ओली सरकारकै कारण नेकपाले दुई तिहाईको…
Read More
नेकपा(ओली) समुहका सुनसरी सदस्यहरुको सपथग्रहण

नेकपा(ओली) समुहका सुनसरी सदस्यहरुको सपथग्रहण

इटहरी । नेकपा(ओली) समुह अन्तरगत सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ । नवनियुक्त अध्यक्ष रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव, सहसचिव लिलम वस्नेत, संगठन विभाग प्रमुख योग्यराज खड्का, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् । साविकका थप गरि ४ सय ६७ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । नेकपा ओली समूहले सुनसरीका वाहैवटा स्थानीय तहको अध्यक्ष समेत तोकेको छ । जिल्ला अध्यक्ष रेवती रमण भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहवीमा खडग नारायण उराउ, वराहक्षेत्रमा गजेन्द्र थापा, रामधुनीमा योगेन्द्र खडका, इनरुवामा विदुर सुवेदी, गढिमा प्रभाकर माझी, वर्जुमा…
Read More
प्रदेश १ मा ओली समूहले फागुन ८ गते ढेड लाख मानिस उतार्ने

प्रदेश १ मा ओली समूहले फागुन ८ गते ढेड लाख मानिस उतार्ने

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा प्रदेश स्तरिय जनसभा गर्ने भएको छ । प्रदेश स्तरिय मुल जनपरिचालन समितिले जनसभाको तयारी शुरु गरिसकेको जनाएको छ । विराटनगरमा पत्रकार सम्मेलन गरि जनसभाको विस्तृत कार्ययोजना सार्वजनिक गरिएको छ । ताजा जनादेशमा जाने सन्देश दिनका लागि प्रदेश स्तरिय जनसभाको आयोजना गरिएको नेकपा केन्द्रीय सदस्य तथा प्रचार प्रसार समिति संयोजक राजेन्द्र गौतमले बताए । उनका अनुसार अराजकता, विखण्डन र राष्ट्रिय आत्मसर्मपणवादका विरुद्ध जनसभा गर्ने तयारी गरिएको हो । फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मुल केन्द्र मानेर १० हजारको संख्यामा मोटरसाईकल ¥यालीको आयोजना गर्ने, फागुन ७ गते…
Read More
युवा संघ नेपालको रामधुनी नगर कमिटी अध्यक्षमा दीपक अधिकारी

युवा संघ नेपालको रामधुनी नगर कमिटी अध्यक्षमा दीपक अधिकारी

रामधुनी । नेकपा(प्रचण्ड–माधव) समुहको युवा संघ नेपाल रामधुनी नगर कमिटी अध्यक्षमा दीपक अधिकारी चयन भएका छन् ।नेकपा स्थायी कमिटी सदस्य, भीमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले अधिकारीको संयोजक २ सय १ सदसीय नगर कमिटी गठन गरिएको कार्यक्रम संचालक युवा सघका जिल्ला सदस्य खेमराज पौडेलले जानकारी दिए ।सुनसरीको रामधुनी ६ स्थित शंकरवेलीमा भएको भेलामा केन्द्रीय सदस्य धर्मराज निरौला, रामकुमारी चौधरी ‘रोजिना’, प्रदेश कमिटी सदस्य मुकेश मुक्साहाङ मेयाङ्बो लगायतले बोलेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीको प्रतिगमलाई रोक्नुपर्नेमा जोड दिएका छन् । यो पनि राम कोइरालालाई नेकपाको प्रचण्ड–माधव समुहले रामधुनी नगर अध्यक्ष पदबाट हटायो https://www.youtube.com/watch?v=N-5APFWohsM&t=600s  
Read More
यस्तो रह्यो प्रदेश १ मा नेकपा(प्रचण्ड–माधव) समुहको आम हड्ताल !

यस्तो रह्यो प्रदेश १ मा नेकपा(प्रचण्ड–माधव) समुहको आम हड्ताल !

इटहरी । प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल(माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । एक विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए । बिहीबार नेकपाको दाहाल(नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो । बन्दका कारण देशभरको जनजीवन प्रभावीत भयो । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएनन् । ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने केही ठाँउमा मुडभेडको स्थिती पनि आएको छ । धनुषामा त प्रहरीले प्रर्दशनमा उत्रेकालाई गोली समेत प्रहार गरेको छ । झडपमा परी घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको…
Read More
प्रचण्डले देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने

प्रचण्डले देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ । एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’ यसैगरी ‘प्रचण्ड’ले शाकाहारी…
Read More
बर्षाले भत्केका जन्तेढुङ्गाका सडक नेकपाले गर्यो मर्मत

बर्षाले भत्केका जन्तेढुङ्गाका सडक नेकपाले गर्यो मर्मत

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सवै वडामा एकै पटक सडक तथा गोरेटो वाटो मर्मत गरेको छ । नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविरको सञ्चालन गरेको हो । नेकपाको गाउँपालिका समितिको समन्वयमा सम्बन्धित वडा समितिको अगुवाईमा वर्षाका कारण बिग्रे÷भत्केका सडक तथा गोरेटो बाटो मर्मत सम्भार गरिएको जनाइएको छ । नेकपाले वडा नम्बर–१ देविस्थानमा मैनटारदेखि सिक्किमटार जोड्ने सडक मर्मत गरेको छ । यस्तै देविस्थानकै खनियाबासदेखि रिला जोड्ने सडक र गोरेटो बाटो मर्मत गरिएको छ । वडा नम्बर–२ बोपुङमा ह्युराङदेखि पाँडेगाउँ जाने सडक मर्मत गरिएको नेकपाले जनाएको छ । बङ्शिलाघाट जोड्ने ह्युराङ–पाँडेगाउँ सडक गत कात्तिक ९ गते…
Read More
ओली–प्रचण्ड टाढीदै, प्रचण्डले एक्लै बोलाए सचिवालय बैठक

ओली–प्रचण्ड टाढीदै, प्रचण्डले एक्लै बोलाए सचिवालय बैठक

रामधुनी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए तर, सहमति नभएको बताइएको छ । दिउँसो बोलाइएको सचिवालय बैठकमा पनि ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने बैठकबारे प्रचण्डले कुनै जानकारी नगराएको विभिन्न संचारमाध्यमलाई बताएका छन् । पछिल्लो समय मन्त्रीपरिषद हेरफेर, राजदुत नियुक्त लगाएतका विषयमा पार्टीभित्र तिक्तता पूर्ण अबस्था रहेको छ ।
Read More
मन्त्रीमण्डल पुनर्गठन : प्रचण्ड सेट नै फेर्ने, ओली केहीलाई राख्ने पक्षमा

मन्त्रीमण्डल पुनर्गठन : प्रचण्ड सेट नै फेर्ने, ओली केहीलाई राख्ने पक्षमा

मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गरेका छन् । तर, पुनर्गठन र नियुक्तिको साझा मापदण्ड बनाउन सकेनन् । झन्डै तीन घण्टा चलेको छलफलमा मन्त्रीमण्डल पुनर्गठनकै विषयमा अधिकांश समय गएको बुझिएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनमा तीन विकल्प प्रस्तुत गरे पनि अहिलेसम्म मापदण्ड तय हुन सकेको छैन । दुई अध्यक्षबीच यस विषयमा पुनः छलफल हुनेछ । मंगलबारको सचिवालय बैठकले संविधानअनुसार संवैधानिक नियुक्तिहरू गर्न सरकारलाई सुझाव दिएको थियो । सोही बैठकले पार्टी एकता र एकीकरणका बाँकी काम…
Read More

नेकपा विराटनगरका इन्चार्ज र अध्यक्ष संक्रमितको घरघरमा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अनुसार विराटनगर ५ मा ३५ घर संक्रमित परिवार र वडा नम्बर १७ का ३२ संक्रमित परिवारसँग भेटघाट गरेको हो । भेटका क्रममा केन्द्रीय सदस्यसमेत रहेका मण्डल र अध्यक्ष थापाले आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार, जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी हस्तान्तरण गरेका थिए । नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव ११…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.