No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बर्षाले भत्केका जन्तेढुङ्गाका सडक नेकपाले गर्यो मर्मत

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २४, २०७७
in राजनीति, समाचार, समाज, स्थानीय
0
बर्षाले भत्केका जन्तेढुङ्गाका सडक नेकपाले गर्यो मर्मत

file photo

Share on FacebookShare on Twitter

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सवै वडामा एकै पटक सडक तथा गोरेटो वाटो मर्मत गरेको छ । नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविरको सञ्चालन गरेको हो ।

नेकपाको गाउँपालिका समितिको समन्वयमा सम्बन्धित वडा समितिको अगुवाईमा वर्षाका कारण बिग्रे÷भत्केका सडक तथा गोरेटो बाटो मर्मत सम्भार गरिएको जनाइएको छ । नेकपाले वडा नम्बर–१ देविस्थानमा मैनटारदेखि सिक्किमटार जोड्ने सडक मर्मत गरेको छ ।

यस्तै देविस्थानकै खनियाबासदेखि रिला जोड्ने सडक र गोरेटो बाटो मर्मत गरिएको छ । वडा नम्बर–२ बोपुङमा ह्युराङदेखि पाँडेगाउँ जाने सडक मर्मत गरिएको नेकपाले जनाएको छ । बङ्शिलाघाट जोड्ने ह्युराङ–पाँडेगाउँ सडक गत कात्तिक ९ गते परेको भारी वर्षाले भत्किएको थियो ।

नेकपाले सञ्चालन गरेको श्रम शिविरका माध्यमबाट पहिरोले भत्काएको सडकको पर्खाल लगाइएको छ । यस्तै, वडा नम्बर–३ काहुलेमा सालम्बुदेखि बुँवा खोलासम्मको सडक मर्मत गरिएको छ । वडा नम्बर–४ डम्वर्खुशिवालयमा कुईभीर भञ्ज्याङखर्क सडक खण्डको एक किलोमिटर खण्ड मर्मतका साथै नाली काट्ने काम गरिएको छ ।

वडा नम्बर–५ चिसापानीमा सुरुङ्गेलदेखि मैदानसम्मको दुई किलोमिटर लामो पुरानो गोरेटो बाटो मर्मत गरिएको जनाइएको छ । वडा नम्बर–६ दिप्लुङमा ऐतिहासिक एवम् पर्यटकीयस्थल जन्तेढुङ्गाको परिषर सरफाई गरिएको नेकपाले जनाएको छ ।

Tags: नेकपा
ShareTweetPin
Previous Post

देउसी भैलोमा सुनसरी प्रशासनले लगायो रोक !

Next Post

कुलमानको ठाँउमा आए हितेन्द्रदेव

Next Post
कुलमानको ठाँउमा आए हितेन्द्रदेव

कुलमानको ठाँउमा आए हितेन्द्रदेव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.