इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा प्रदेश स्तरिय जनसभा गर्ने भएको छ ।
प्रदेश स्तरिय मुल जनपरिचालन समितिले जनसभाको तयारी शुरु गरिसकेको जनाएको छ । विराटनगरमा पत्रकार सम्मेलन गरि जनसभाको विस्तृत कार्ययोजना सार्वजनिक गरिएको छ ।
ताजा जनादेशमा जाने सन्देश दिनका लागि प्रदेश स्तरिय जनसभाको आयोजना गरिएको नेकपा केन्द्रीय सदस्य तथा प्रचार प्रसार समिति संयोजक राजेन्द्र गौतमले बताए । उनका अनुसार अराजकता, विखण्डन र राष्ट्रिय आत्मसर्मपणवादका विरुद्ध जनसभा गर्ने तयारी गरिएको हो ।
फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मुल केन्द्र मानेर १० हजारको संख्यामा मोटरसाईकल ¥यालीको आयोजना गर्ने, फागुन ७ गते विहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचौक, दमक, विर्तामोडमा युवाहरुको आयोजनामा प्रभातफेरि गरिने गौतमले जानकारी दिए ।फागुन ७ गते दिउसो युवा विद्यार्थीको पहलमा मार्चपास गरिने कार्यक्रम तय गरिएको छ । सभालाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सम्वोधन गर्ने छन् ।जनसभामा प्रदेश १ का १४ वटै जिल्लाबाट १ लाख ३६ हजार बढीको सहभागिता रहने दावी गरिएको छ ।