रामधुनी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए तर, सहमति नभएको बताइएको छ । दिउँसो बोलाइएको सचिवालय बैठकमा पनि ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ ।
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने बैठकबारे प्रचण्डले कुनै जानकारी नगराएको विभिन्न संचारमाध्यमलाई बताएका छन् । पछिल्लो समय मन्त्रीपरिषद हेरफेर, राजदुत नियुक्त लगाएतका विषयमा पार्टीभित्र तिक्तता पूर्ण अबस्था रहेको छ ।