यस्तो रह्यो प्रदेश १ मा नेकपा(प्रचण्ड–माधव) समुहको आम हड्ताल !

इटहरी । प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल(माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । एक विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए ।

बिहीबार नेकपाको दाहाल(नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो । बन्दका कारण देशभरको जनजीवन प्रभावीत भयो । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएनन् । ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने केही ठाँउमा मुडभेडको स्थिती पनि आएको छ ।

धनुषामा त प्रहरीले प्रर्दशनमा उत्रेकालाई गोली समेत प्रहार गरेको छ । झडपमा परी घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटायो ।

प्रदेश १ मा अबस्था सामान्य
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता बिपिन रेग्मीका अनुसार प्रदेश १ मा अबस्था सामान्य रह्यो । उनले फलैंचा न्यूजसंगको कुराकानीमा भने, ‘हामीले कुनै पनि अप्रिय घटना हुन नदिन प्रदेश १ मा १० हजार सुरक्षाकर्मी तैनाथ गरेका थियौं र यो अबधिमा कुनै अप्रिय घटना भने भएन ।’

उनका अनुसार झापा, मोरङ, सुनसरी र इलाममा गाडिमा तोडफोड भएको छ । तोडफोडमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको उनले बताए । ‘पक्राउ परेकाहरुलाई कानूनी प्रकृया अनुसार कारवाही गछौं उनले भने ।’

नेकपा(प्रचण्ड माधव) समुहका नेताहरुले हड्ताल पूर्ण रुपमा सफल भएको बताएका छन् । नेकपाका नेता रामकुमार राईले केपी ओलीको हिटलर प्रबृद्धिका बिरुद्धमा हड्ताल गर्नुपरेको बताए । उनले भने, ‘हामी नागरीकमा परेको असरप्रति क्षमा प्राथि छौं । हामीले हिट्लर प्रबृद्धिका विरुद्धमा हड्ताल गरेका हौं ।’

यी पनि

हड्तालमा अबरोध आए चुप लाग्दैनौं : रामकुमार राई

इटहरी बीच सडकमा धर्ना, सवारी माथि अबरोध गर्ने प्रयास

By खेमराज सापकाेटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.