रामधुनी । नेकपा(प्रचण्ड–माधव) समुहको युवा संघ नेपाल रामधुनी नगर कमिटी अध्यक्षमा दीपक अधिकारी चयन भएका छन् ।नेकपा स्थायी कमिटी सदस्य, भीमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले अधिकारीको संयोजक २ सय १ सदसीय नगर कमिटी गठन गरिएको कार्यक्रम संचालक युवा सघका जिल्ला सदस्य खेमराज पौडेलले जानकारी दिए ।सुनसरीको रामधुनी ६ स्थित शंकरवेलीमा भएको भेलामा केन्द्रीय सदस्य धर्मराज निरौला, रामकुमारी चौधरी ‘रोजिना’, प्रदेश कमिटी सदस्य मुकेश मुक्साहाङ मेयाङ्बो लगायतले बोलेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी ओलीको प्रतिगमलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।
यो पनि
राम कोइरालालाई नेकपाको प्रचण्ड–माधव समुहले रामधुनी नगर अध्यक्ष पदबाट हटायो