इटहरी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत इटहरी नगर सभापतिमा हेमकर्ण पौडेल विजयी भएका छन । प्रत्यासी विकास केसीलाई ४२ मतको अन्तरले हराउदै पौडेल इटहरी काँग्रेसको सभापतिमा विजयी भएका हुन ।
पौडेलले यसअघि २ कार्यकाल सभापति चलाईसकेका छन् । शनिवार भएको मतदानमा ४८२ मतदाताले मतदान गरेका थिए । जस मध्ये हेमकर्ण पौडेल २५३ मत पाए भने विकास केसी २११ मत पाए । यसअघि पौडेलले १३ औ महाधिवेशनमा पनि केसीलाई पराजित गरेका थिए ।
उपाध्यक्षमा कोबिद कार्की र बालकृष्ण बिष्ट विजयी भएका छन् । सचिवमा मन्दिप भट्टराई र बिक्रम घिमिरे र सह सचिबमा इश्वर तामाङ र मेनुका गिरी निर्वाचित भएका छन् ।
यो पनि


















