इटहरी । नेपाली कांग्रेस इटहरीको मतदान सकिएको छ । शनिबार इटहरी उपमहानगरपालिका कांग्रेसको नेतृत्व लिनका लागि भएको निर्वाचन अहिले साँझ सकिएको सहायक निर्वाचन अधिकृत रोबनराज कार्कीले जानकारी दिए ।
उनका अनुसार ४८३ मतमध्ये ४८२ मत खसेको छ । इटहरी २ का सुक्कु चौधरी बाहेक अन्य सबैजना मतदानमा सहभागी भएको कार्कीले बताए ।
सभापतिका उमेदवारद्वय विकास केसी र हेमकर्ण पौडेल लगायत सँगको छलफलपछि मतगणना सुरु हुने उनले जानकारी दिए ।

















