रामधुनी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएसँगै शुक्रवार पीसीआर परीक्षण गराएका मेयर चौधरीको रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
धमलाका अनुसार हाल मेयर चौधरी इटहरी अस्पतालको मोनिटरिङमा होम आइसोलेसनमा रहेका छन् ।

















