रामधुनी । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रामधुनीमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान १० बजे देखि सुरु भएको मतदानमा रामधुनीका ९ वडाबाट १ सय ९० जनाले मतदान गर्दै छन् ।
सुनसरी मोरङ सिचाइ आयोजनाको कार्यलय झुम्कामा भइरहेको मतदान कार्यक्रम अत्यन्तै सहज र उत्साहजनक वातावरणमा भइरहेको नेपाली काँग्रेस रामधुनी नगर सभापतिका उम्मेदवार सुदीप अधिकारीले बताए ।
रामधुनीमा सभापतिमा ३ जना र अन्य पदका लागी दुई प्यानलबाट उम्मेदवारी परेको छ । सभापतिको उम्मेदवारमा सुदीप अधिकारी सगेन चौधरी र दिल बहादुर राई को उम्मेदवारी परेको छ । उपसभापति २ जना निर्वाचित हुनुपर्नेमा अधिकारी प्यानलबाट उपसभापति आशा चौधरी र बल बाहादुर खड्का रहेका छन भने चौधरीको प्यानलबाट नारायण कोइराला र विजय चौधरी गरी ४ जनाको उम्मेदवारी परेको छ ।
सचिवमा २ जना निर्वाचित हुनुपर्नेमा अधिकारीको प्यानलबाट महेश कुमार चौधरी र देस्तीराम चौधरी रहेका छन् भने चौधरीको प्यानलबाट नगेन्द्र कुमार चौधरी र अशोक बहादुर भण्डारी गरी ४ जनाको उम्मेदवारी परेको छ ।
सहसचिवमा पनि २ जना निर्वाचित हुनुपर्नेमा अधिकारीको प्यानलबाट सह सचिव सुरेश माझी र सरल कटुवालको उम्मेदवार परेको छ भने र चौधरी प्यानलबाट भीष्मा काफ्ले पौडेल र विष्णु लिम्बुको उम्मेदवार परेको छ ।
बिहान १० बजे बाट सुरु भएको निर्वाचन केही समय पश्चात समापन हुने र मतगणना समेत आझै सुरु हुने जानकारी आएको छ ।


















