रामधुनी । मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादव लागूऔषध गाँजा सहित पक्राउ परेकी छिन् ।
शनिबार दिउसो साढे १२ बजे बिशेष सुचनाको यादवलाई उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा सहित इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो ।
गाँजा सहित पक्राउ परेकी आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।


















