रामधुनी । मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
शनिबार बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लग्दा उनको मृत्यु भएको हो ।
हाँगाले लागेर गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

















