विराटनगर । प्रदेश १ सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम बिहीबार निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले गौतमलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्तावलाई समर्थकको तर्फबाट माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर बुर्जामगरले समर्थन गरेका थिए ।
त्यसपछि प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सभामुखमा गौतमलाई निर्विरोध निर्वाचित भएको प्रदेशसभामा घोषणा गरे ।
प्रदेश १ मा सभामुखको निर्वाचन आजः बाबुराम निर्विरोध निर्वाचित हुने


















