इटहरी । अवैध बैंक तथा वित्तीय संस्था सञ्चालन कसुरमा जेल सजाय तोकिएका लालबहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको छ ।
जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध गरिएको पुनरावेदनमा उच्च अदालतका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो ।
उच्च अदालतको आदेशमा ‘सुनसरी जिल्ला अदालतबाट भएको फैसला कानुनको रोहमा फरक पर्न सक्ने देखिँदा विपक्षी नेपाल सरकार पक्षलाई जानकारी दिई नियमअनुसार पेस गर्न’ भनिएको छ ।
सुनसरी जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको एकल इजलासले २०७८ पुस १९ मा अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको अभियोगमा सबैलाई थुनामा राख्ने आदेश दिएको थियो ।
सो आदेश पछि लाल बहादुरमाथि अन्याय भएको भन्दै न्यायका लागि अभियान चलिरहेको छ ।


















