विराटनगर । मोरङको विराटनगर महानगरपालिकाबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद किसिमले हिड्दै गरेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं. १८ बस्ने बर्ष ३६ को रवी प्रकाश साहलाई पक्राउ गरेको हो ।
उनको साथबाट श्रोत नखुलेको नगद ७ लाख ९ हजार बिभिन्न बैंकको डिपोजिट ६२ लाख ११ हजार २ सय ३५ बराबरको भौचर १० थान, ६ लाख बराबरको काटिएको चेक २ थान, एटिएम कार्ड १४ थान, चेक बुक ९ थान र को २४ प ७९८४ नम्बरको मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

















