इटहरी । नेपाली काँग्रेसले आज शनिबार मुलुकका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत उक्त कार्यक्रम गर्न लागेको हो ।
कांग्रेसले लोकतन्त्र पक्षधरलाई प्रर्दशनका लागि सडकमा उत्रन अपिल पनि गरेको छ ।