काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदिय दलको वैठक भोली बस्ने भएको छ । बैठकमा कांग्रेसले संवैधानिक परिषदबारेको अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपति भण्डारीले खेलेको भूमिकाबारे गम्भीर छलफल गर्ने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले राष्ट्रपतिले दलको नेता जसरी भूमिका खेलेकाले उनले हालका पछिल्ला राजनीतिक विषयमा खेलेको भूमिकाबारे संसदीय दलको बैठकमा छलफल हुने जानकारी दिए ।
त्यसैगरी अहिले जारी भएको अध्यादेशपछिको अवस्था, संसद्को हिउँदे अधिवेशन बोलाउने विषयलगायतका विषयमा छलफल हुने छ ।