मोरङ । मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु भएको छ । मुआब्जा विवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहल सुरु गरेका हुन् ।
मन्त्री घिमिरेले मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको बैठक राखेर परियोजना निर्माणलाई अघि बढाउनु पर्ने बताए ।
रेलमार्ग निर्माण हुनेभएपछि सो क्षेत्रमा ९ वर्षअघि जग्गाको मूल्याङ्कन गरि मुआब्जा वितरण सुरु गरिएको थियो । मुआब्जा वितरण वैज्ञानिक नभएपछि करिव २२ घर परिवारलेले मुआब्जा लिन मानेका छैनन् । मन्त्री घिमिरेले पुर्नमुल्यांकनका लागि हुनेसम्म पहल गर्ने बताए ।