रामधुनी । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले बनाएको नीतिगत जगमा मुलुकभर एकै पटक आधारतभूत अस्तापलको शिलन्यास भएको छ । सोमबार देशभरका तीन सय नौ पालिकामा ५ देखि १५ शैयाका आधारभूत अस्पतालको शिलन्यास भएको हो ।
मुलुभरका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन अर्थमन्त्रालयले तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन ५७ अर्ब ९७ करोड रुपैयाँको बजेटको स्रोत सुनिस्चित भएपछि काम अघि बढेको हो । तर, यसको अवधारणा तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले अघि बढाएका थिए ।
नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । त्यतिखेर थापाले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अघि सारे । हरेक जनताले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाओस् भनेर यो अवधारणा अघि सारेका थिए ।
थापाको पालामा ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ बनाएपछि २१ वैशाख २०७४ मा मन्त्रिपरिषद बैठकले त्यसलाई स्वीकृत पनि गरेको थियो । भवनको पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका बनाउनुका साथै कुन स्थानीय तहमा कहाँ र कस्तो अस्पताल बनाउने टुंगो लगाएको थियो ।
बजेट नआउँदै थापा मन्त्रालयबाट विदा भएपछि त्यसको करिब चार वर्षपछि अहिले कामले मुर्तरुप लिएको छ । जग्गा प्राप्त भएका अस्पतालको शिलन्यास भए पनि अन्यमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको स्वाथ्य मन्त्रालयले जनाइएको छ ।
एकै पटक पालिकामा अस्पताल शिलान्यास गर्नु स्वास्थ्य पूर्वाधार निर्माणमा ठूलो फड्कोको रुमा हेरिएको छ ।
यो पनि