एजेन्सी । कोरोना भाइरस विरुद्धको एन्टिबडी ६ महिनासम्म रहने र यसले कोरोनाको दोस्रो संक्रमणबाट बचाउने एक अध्ययनले देखाएको छ ।
अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका स्वास्थ्यकर्मीहरुले गरेको अध्ययनले यस्तो देखाएको विविसीले जनाएको छ । उनीहरुले नियमित रुपमा कोरोना संक्रमण तथा एन्टिबडीको परीक्षण गर्दै आएका थिए ।
सो क्रममा कोरोनाविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने पाइएको हो । संक्रमणविद् केटी जेफ्रीले कोरोना खोप आउन लागेको अवस्थामा यस किसिमको समाचार उत्साहवर्द्धक रहेको बताइन् ।
अहिले विभिन्न खोप कम्पनिहरुले खोप प्रयोगका लागि विस्व स्वस्थ्य संगठनसंग अनुमति माग गरिरहेका छन् । जनस्वास्थ विद्हरुले यो वर्षको अन्तिमसम्मबाट वजारमा खोप आउने पनि बताएका छन् ।
यो पनि