No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ७, २०७७
in अन्तर्राष्ट्रिय, काेराेना अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाइन
0
महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले
Share on FacebookShare on Twitter

एजेन्सी । कोरोना भाइरस बाट आक्रान्त विश्व समुदायलाई राहत दिने खबर आउन थालेका छन । एक पछि अर्को गर्दै कोरोना भाइरस बिरुद्यका खोपको सफलताका खबरहरु आएका हुन ।

अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप ‘एम आर एन ए को प्रभावकारिता ९४.५ प्रतिशत रहेको बताएको छ ।

रुसी खोप स्पुतनिक भी पनि ९२ प्रतिशत प्रभावकारी देखिएको खबर आएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिलेसम्म १२ वटा खोपको तेस्रो अर्थात् अन्तिम चरणको क्लिनिकल ट्रायल भइरहेको छ ।

२५ वटा खोप दोस्रो र २० वटा खोप, पहिलो चरणको क्लिनिकल ट्रायलकै क्रममा छन् । फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोपको अन्तिम चरणको मानव परीक्षणको नतिजामा ९५ प्रतिशत प्रभावकारी पाइएको बताइएको छ ।

आपतकालीन प्रयोगका लागि अनुमति मिलेपछि अबको केही महिनामा कोरोनाविरुद्धको खोप बजारमा पठाउन सकिने ती कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रामा खोप आपूर्ति गर्नसक्ने निर्माता कम्पनी फाइजरले बताएको छ ।

अर्को अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप पनि ९४.५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको दाबी छ । उसले यस वर्षको अन्तिमसम्म दुई करोड डोज खोप तथा २०२१ का लागि ५० करोडदेखि एक अर्ब डोजसम्म खोप निर्माणको लक्ष्य लिएको छ ।

तेस्रो चरणको मानव परीक्षण नगर्दै रुसले मान्यता दिएको खोप ‘स्पुतनिक भी’ पनि तेस्रो चरणको मानव परीक्षणमा सफल भएको र ९२ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

चीनमा सिनोर्फमले विकास गरेको दुई र सिनोभ्याकको एक गरी तीन वटा खोप तेस्रो चरणको मानव परीक्षणमा छन् । तीनवटै खोपलाई चीनले आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ ।

सिनोर्फमका अनुसार अहिलेसम्म चीनमा १० लाख मानिसले खोप लिइसकेको र चीनमा खोप लगाएर बाहिर गएका कर्मचारी, विद्यार्थीहरू र कूटनीतिज्ञलाई संक्रमण नदेखिएको दाबी गरीएको छ । यो खोपको कुनै नकारात्मक असर नदेखिएको बताइएको छ ।

तर चिनियाँ खोपहरूले अन्तिम चरणको मानव परीक्षणको नतिजा भने सार्वजनिक गरेका छैनन् । अन्तिम चरणको परीक्षणमा रहेका खोपहरू सन् २०२० को अन्त्यसम्म वा २०२१ को सुरुवातमा बजारमा आउने देखिएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

Tags: केरोना खोप
ShareTweetPin
Previous Post

‘जनताको नारा राजा नै प्यारा’ भन्दै राजधानीमा प्रदर्शन

Next Post

छ लेन सडकमा दुई महिना वित्दा पनि टेलिकमकले काम सकेन, नागरिक सास्ती खेप्न बाध्य

Next Post
छ लेन सडकमा दुई महिना वित्दा पनि टेलिकमकले काम सकेन, नागरिक सास्ती खेप्न बाध्य

छ लेन सडकमा दुई महिना वित्दा पनि टेलिकमकले काम सकेन, नागरिक सास्ती खेप्न बाध्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.