विप्लवका सेक्सन कमाण्डर उर्लाबारीबाट पक्राउ

उर्लाबारी । मोरङ प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका एक सैन्य लडाकुलाई हतियारसहित उर्लाबारीबाट पक्राउ गरेको छ । प्रहरीले सैन्य लडाकु ३२ वर्षीय पेम्बा शेर्पालाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मोरंगले जनाएको छ ।

उनलाई उर्लाबारी ६ स्थित राधिका माध्यमिक विद्यालय नजिकबाट अमेरिकामा बनेको पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, पार्टीको पम्पलेटसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले जानकारी दिए । शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ ।

शेर्पाको स्थायी घर ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ रहेकोमा मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधि सञ्चालन गरिरहेको प्रहरीको बुझाइ छ ।

शेर्पाविरुद्ध हातहतियार खरखजाना ऐन अन्र्तगत मुद्दा चलाउन म्याद थप गर्ने प्रहरीले जनाएको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.