इटहरी । सप्तकोसी मिडिया प्रा.लिका सस्थापक अध्यक्ष तथा पुर्ब प्रबन्ध निर्देशक मोरङको सुन्दरहरैंचा निवासी कृष्णप्रसाद दाहालको इटहरी स्थित वुढिगंगा जमुना मुक्तिघाटमा अन्तिम सस्कार गरिएको छ । सिग्देल वन्धु प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली पछि वुढिगंगा जमुना मुक्तिघाटमा अन्तिम सस्कार गरिएको हो ।
सिग्देल वन्धु प्रतिष्ठानमा उनको शवमा पूर्वमन्त्री लालवावु पण्डित, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरेले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरे । कानुन मन्त्री कार्कीले उनले सामाजिक कार्य तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
नेकपाका केन्द्रीय सदस्य गुरु बरालले दाहालको राजनीतिक र सामाजिक पक्षको चर्चा गर्दै निधनले अपुरणीय क्षति पुगेको वताए । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसदहरु सर्वध्वज साँवा र राजकुमार ओझा लगायतले अन्तिम श्रद्धाञ्जली अपर्ण गरे ।
साबिकको सुन्दरपुर गा.वि.स.का दुइ कार्यकाल अध्यक्ष रहेका ७० बर्षीय दाहालका श्रीमती तथा दुइ छोरा र एक छोरी छन् । वि.सं.२००५ सालमा संखुवासभाको पाडठामा जन्मिएका उनी कनकलक्ष्मी सहकारी सस्था लिमिटेड सुन्दरहरैचा र सुन्दरपुर खानेपानी आयोजनाका अध्यक्ष थिए । सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय व्यक्तित्वको निधनले सुन्दरहरैचाले एक कुशल अविभावक गुमाएको स्थानीयले वताएका छन् ।
आज शोक विदा
यसैबिच सुन्दरहरैंचा नगरपालिकाले दाहालको निधनमा आज एक दिन शोक विदा दिने निर्णय गरेको छ । दाहालले सुन्दरहरैचा नगरपालिकाको निर्माण र विकासमा पुरयाएको योगदानको कदर गर्दै नगरपालिका कार्यालय र १२ वटै वडा कार्यालयहरुमा शोक विदा दिने निर्णय गरेको हो ।
सप्तकोशी मिडिया प्रा.लि.का संचालक कृष्णप्रसाद दाहालको दुर्घटनामा परि मृत्यु