इटहरी । सप्तकोशी मिडिया प्रा.लि.का संचालक, पूर्व अध्यक्ष तथा पूर्व प्रबन्ध निर्देशक कृष्णप्रसाद दाहालको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ बजेर ४५ मिनेको समयमा इटहरी विराटनगर सडक खण्ड अन्तर्गत दुहबी नगरपालिका वडा न ८ कदम गाछीेमा ट्याङकर र मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दाहाल सवार को १७ प ६९८१ नम्बरको मोटरसाइकललाई मे १ ख २४९८ नम्बरको ट्यांकरले ठक्कर दिएको बताइएको छ । ट्याङ्कर र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेकोफन मोरङको पूर्वसल्लाहकार समेत रहेका दाहाल सुन्दरहैंचा ६ स्थित सुन्दरपुर वचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष हुन् ।