No Result
View All Result
Saturday, January 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महामारीसंग लड्न गगन सक्रिय, काठमाडौंमा फैलन नदिन यस्तो सुझाव

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ८, २०७७
in काेराेना अपडेट, राजनीति, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य
0
Share on FacebookShare on Twitter

इटहरी । गगन थापा नेपाली कांग्रेसका युवा तथा प्रभावसाली नेता मद्ये एक हुन । नेपाली कांग्रेसमा १४ औं महाधिबेसनमा युवा नेतृत्वको चर्चा चल्दै गर्दा उनको चर्चा र आस धेरैले गरेका छन् । खासगरि युवाहरुको प्रेरणाका पात्र समेत रहेका थापा कोरोना महामारीमा पछिल्लो समय आफू निक्कै सक्रिय भएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापा महामारीमा सरकारले प्रभावकारी कार्य गर्न नसकेको बताउँछन् । उनि पछिल्लो समय विज्ञसंग छलफल गर्न सरकारलाई सुझाव दिन साथै नागरिकका घरघरमा अबस्था बुझ्न पनि तल्लिन नै छन् । सामाजिक संञ्जालमा गगनका यस्ता सुझाव तथा कार्यलाई नागरिकले धैरै हदसम्म उत्कृष्ट मानेका छन् ।

पछिल्लो समय समुदाय स्तरमै काठमाडौंमा कोरोना संक्रमण फैलिसकेको छ । अघिल्लो हप्ता मात्रै बुढानिलकण्ठ नगरपालिकामा कोरोना नियन्त्रणको विषयमा छलफल गरेका थापाले आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतसँग छलफल गरेका छन् । छलफलमा थापाले छ वटा बुँदामा सुझाब दिएको बताएका छन् ।

‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ ।’

थापाले फेसबुकमा लेखेका छन्, ‘बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी देहायका कुरामा ध्यानाकर्षण गरेको छु ।’

यस्तो छ थापाको सुझाब Image may contain: 1 person, sitting, table and indoor, text that says "ALTITUDE"
१. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्।हामी सँगै काम गर्न चाहान्छौं । तपाईँ सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२.महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

३.कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।

४.अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो । तर, आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

५.खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।

६.कोरोना संक्रमण संग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।

Tags: गगन थापानेपाली कांग्रेस
ShareTweetPin
Previous Post

बायर्न म्युनिखले उचाल्यो उपाधि (५ तस्विरहरु)

Next Post

आज थपिए ७ सय ४३ संक्रमित, थप ८ को मृत्यु

Next Post

आज थपिए ७ सय ४३ संक्रमित, थप ८ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.