इटहरी । नेपालमा आज थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् ।
थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ पुगेको छ । साथै १३ हजार ७ सय १५ सक्रिय संक्रमित रहेका छन् ।
१७५ जना सोमबार डिस्चार्ज भएका छन् । आज १० हजार २ सय ३४ जनाको कोरोना परिक्षण भएको छ ।