अपराध

सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ

सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् । https://www.youtube.com/watch?v=zOvF_7zp3FQ&t=4s&pp=ygUOdGh1bG8gdHYgbmVwYWw%3D उनीहरुले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, अमरसिंहमा खाजा खान जाने बहानामा ललाइफकाई एक जना महिलाई पार्किङमा रहेको गाडीमा लगेर सामूहिक करणी गरेको आरोप प्रहरीले लगाएको छ । https://www.youtube.com/watch?v=dmNXNcvY-Hw&pp=ygUOdGh1bG8gdHYgbmVwYWw%3D जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर अमरसिंह मैदानमा पार्किङ गरिराखेको गाडीमा करणी गरेको अवस्था सीआईबीले फेला पारेको हो ।’ https://www.youtube.com/watch?v=SQO9bk8u2Mc&t=49s&pp=ygUOdGh1bG8gdHYgbmVwYWw%3D प्रहरीका अनुसार उनीहरुलाई वैशाख २५ गते बिहान करिब ४ बजे…
Read More
अवैध सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ

अवैध सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ सय ६८.२५ ग्राम सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । https://youtu.be/-RxEddAndd0 पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चारजना नेपाली छन् । भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश प्रकाश विभूति र गणेश बाल्टे रहेको डिएसपी सुरक्षा केसीले जनाएकी छिन् । https://youtu.be/BngYareityk यस्तै, नेपाली नागरिक भने दिनेश खरेल, आयुष बडु, भरतराज खरेल र गणेश दत्त बडु रहेका छन् । https://youtu.be/N-5APFWohsM काठमाडौं वडा नं २४ मा केही व्यक्तिहरुले अवैध सुनको कारोबार…
Read More
ग्याङ फाइट हुँदा धरान र पाँचथरका युवकको ‘हत्या’

ग्याङ फाइट हुँदा धरान र पाँचथरका युवकको ‘हत्या’

इटहरी :  होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा धरान र पाँचथरका युवकको ‘हत्या’ भएको छ । ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा गएराति दुईजनाको हत्या भएको हो । राति ९ बजेको समयमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पुष्टि गरे । मृत्यु हुनेमा सुनसरीको धरान घर भइ हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भइ हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । होली खेल्ने क्रममा विवाद बढ्दै जाँदा यस्तो…
Read More
हत्या गरी फालिएको अवस्थामा एक किशोरीको शव फेला

हत्या गरी फालिएको अवस्थामा एक किशोरीको शव फेला

धरान : धरानमा बुधबार दिउँसो हत्या गरी फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सीमा एक किशोरीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको हो । अन्दाजी १९ वर्षीया किशोरीको पहिचान खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान अगाडि बढाएको छ । शव पोस्टमार्टमको लागि वीपी प्रतिष्ठानको मर्चरी लगिएएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Read More
शेयरको कारोबारमा गुरु न्यौपाने दोषी ठहर, सजाय तोक्ने बाकी

शेयरको कारोबारमा गुरु न्यौपाने दोषी ठहर, सजाय तोक्ने बाकी

 काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि १५ चैतमा पेश गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो । विशेष अदालतले आगामी १५ चैतमा उनीहरुमाथि हुने सजाय निर्धारण गरी विगो र जरिवाना समेत तोक्नेछ । कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको…
Read More
ग्याङ्गफाइट योजनामा रहेका १५ जना प्रहरीको नियन्त्रणमा

ग्याङ्गफाइट योजनामा रहेका १५ जना प्रहरीको नियन्त्रणमा

विराटनगर । ग्याङफाइट गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो तरबारसहित प्रहरीले १५ जनाको समूहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार ग्याङफाइट गर्न हिँडेको सूचना प्राप्त भएपछि तत्कालै घटनास्थलमा टोली खटाएर उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कर्यालय मोरङ्गले जनाएको छ। युवतीसँग जोडिएको विषयमा विवाद हुँदा ग्याङफाइट गर्ने योजना बनेको थियो । योजना बनाएर निस्केको थाहा पाएपछि प्रहरीले उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने मोरङ र सुनसरीका छन् । पक्राउ पर्नेमा कटहरि ४ का १८…
Read More
इनरुवामा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

इनरुवामा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

इनरुवा । सुनसरीको इनरुवामा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको गत शनिवार हत्या आरोपमा इनरुवा ३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो । २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख रुपैयाँ नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक वटा मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ । हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइलको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरूको…
Read More
अल्बानिया पठाउने भन्दै पौने ३ लाख ठगेको आरोपमा बिर्तामोडकी सुधा पक्राउ

अल्बानिया पठाउने भन्दै पौने ३ लाख ठगेको आरोपमा बिर्तामोडकी सुधा पक्राउ

इटहरी । वैदेशिक रोजगारीमा पठाउने भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ४ की २५ वर्षीया सुधा चौधरी रहेकी छिन् । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । उनलाई काठमाडौंको सिनामंगलबाट भदौ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read More
विराटनगरको रानिबाट ४० किलो गाँजा बरामद

विराटनगरको रानिबाट ४० किलो गाँजा बरामद

विराटनगर । विराटनगरको रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ । मंगलबार राति विराटनगरको रानिबाट ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडकखण्डबाट राति को १७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीले जनाएको छ । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको जनाएको छ ।
Read More
धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एक व्यक्ति पक्राउ

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एक व्यक्ति पक्राउ

इटहरी । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रमुख एसपी विपिन गौतमले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । मंगलबार बेलुका धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड भएको थियो । जसका कारण घरको झ्यालको सिसा फुटेको बेघाले बताए । उनले राजनीतिक कारणले विवाद नभएको र व्यक्तिगत रहेको बताए । आक्रमण र झडपमा परी घाइते भएका उपप्रमुख बेघाका कान्छा भाइ विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी प्रमुख गौतमले जानकारी दिएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.