इनरुवा । सुनसरीको इनरुवामा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको गत शनिवार हत्या आरोपमा इनरुवा ३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो ।
२१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख रुपैयाँ नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक वटा मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।
हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइलको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
उनीहरूको ११ महिनाको छोरासमेत रहेको उल्लेख गरिएको छ ।