विराटनगर । विराटनगरको रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ । मंगलबार राति विराटनगरको रानिबाट ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडकखण्डबाट राति को १७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो ।
प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीले जनाएको छ । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको जनाएको छ ।