इटहरी । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रमुख एसपी विपिन गौतमले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
मंगलबार बेलुका धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड भएको थियो । जसका कारण घरको झ्यालको सिसा फुटेको बेघाले बताए । उनले राजनीतिक कारणले विवाद नभएको र व्यक्तिगत रहेको बताए ।
आक्रमण र झडपमा परी घाइते भएका उपप्रमुख बेघाका कान्छा भाइ विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी प्रमुख गौतमले जानकारी दिएका छन् ।