इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितको लागी राहतको व्यवस्था मिलाउने बताएका छन् । आइतबार बिहान इटहरी स्थित सशस्त्र प्रहरी बलको कार्यालय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सँगको भेटघाटमा समस्यामा परेका पीडितको लागी सरकारले उचित राहतको व्यवस्था मिलाउने बताएका हुन् ।
सरकारको ढुकुटीमा बजेट नभए पनि विदेशी दातृसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने प्रधानमन्त्रीको बाचा छ । प्रधानमन्त्री देउवाले विपद ढोल वजाएर नआई अचानक आइदिन्छ केही थाहा हुदैन भन्दै अचानक रुपमा आएको वाढीले नेपालमा ठुलो क्षति पुर्याएको पनि उल्लेख गरेका छन् ।
देउवाले विपद व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना वनाउने समेत वताउदै विपदको समयमा उद्धार खोज लगायतमा तदारुकताका लागि लाग्ने नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी लाई धन्यवाद समेत दिएका छन् । प्रधानमन्त्री देउवाको पाँचथरका बाढी पहिरो पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
इलाम, पाँचथरको विभिन्न ठाउँमा बाढीपहिरोले पारेको क्षतिको हेलिकोप्टरबाट निरक्षण गर्ने कार्यसुचि रहेको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारीबाट जिल्लामा भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

















