इटहरी । आज(आइतबार) बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसले माग गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा बाढी प्रभावितको अवलोकनका लागि प्रदेश १ आएपछि बैठक रोक्न माग गरिएको हो ।
आजको प्रदेशसभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । बाढी पहिरो प्रभावित क्षेत्रमा आफ्ना अधिकांश सांसदहरु रहेकोले बैठक स्थगित गर्न माग गरिएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए ।
आफूले संसद सचिवालयमा निवेदन दर्ता गराएको कार्कीको भनाइ छ । बैठक रोक्न माग गरेसँगै कांग्रेस सांसदहरुले भीम आचार्यलाई मत दिने सम्भावना रहेको चर्चा चुलिएको छ ।
९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई वहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जनामात्र सांसद छन् । एमालेलाई विश्वासको मत पाउ ८ जना सांसदले फ्लोर क्रस गर्नुपर्ने देखिन्छ ।
यो पनि
प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिदै, विपक्षी नयाँ सरकारको तयारीमा

















