झापा । झापा शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडे तास र नगद सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद १ लाख ७३ हजार ५ सय सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जना माथि कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।

















