इटहरी । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमा आज(आइतबार)मतदान हुदै छ । सरकार परिवर्तन गर्न कम्मर कसेर लागेका विपक्षी गठबन्धन र यही सरकारले विश्वासको मत पाउने एमाले सांसदको दाबीले प्रदेशको समिकरण रोचक मोडमा पुगेको छ ।
यसैबिच एमालेका सांसदले प्रदेश १ मा फ्लोर क्रस हुने बताएका छन् । सांसद सर्वध्वज सांवाले माथिल्लो स्तरबाटै कुरा भएको दावी गर्दै प्रदेशमा फ्लोर क्रसको संभावना रहेको बताए ।
कसरी बहुमत जुटाउनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामी ३९ जना त डल्लै छदै छौं । बाँकी अब हाइलेभलकाहरु हामीले व्यवस्थापन गरेका छौं भन्नूहुन्छ । उहाँहरुले कसरी हुन्छ भन्दा खोल्ने कुरा भएन, खोलो भने काम कूरो बिग्रीन्छ भन्नूभएको छ । जसरी हुन्छ हाइकमाण्डले व्यवस्था गर्नूभा छ ।’
उनले कानून अनुसार नै विश्वासको मत लिन लागिएको पनि बताए ।
यो पनि
प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिदै, विपक्षी नयाँ सरकारको तयारीमा


















