इटहरी । प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मलाई सूचना टाँस गरेर स्थगित भएको छ । प्रदेश सभा सचिवालयले बैठक बस्ने मिति परिवर्तन गरी सूचना टाँस गरेर बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरेको हो ।
प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक आज दिउँसो साँढे १२ बजे बस्नेगरी कार्यसूची समेत निर्धारण गरी तोकिएको उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेको निवेदनका आधारमा स्थगन भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तयारी थियो ।

















