रामधुनी । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने भनाइ आत्मसाथ गर्दै इनरुवा नगर सुशासन अभियानले इनरुवाका ६१ परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना माहामारीका कारण देशमा जारी निषेधाज्ञामा काम गर्न नपाएर परिवार धान्न समस्या भएका विपन्न परिवारहरुको पहिचान गरि राहात वितरण गर्न सुरु गरेको सामजिक अभियान्ता दिलिप शाहले जानकारी दिए ।
मंगलबारदेखि सुरुगरिएको राहात वितरण कार्यमा पहिलो दिन २५ घर परिवारलाई र दोश्रोदिन बुधबार ३६ परिवारलाई रहात वितरण गरिएको उनले जानकारी दिए ।
इनरुवा नगर सुशासन अभियानसंग जोडिएका करिब ४ सय अभियान्ताहरुको आर्थिक सहयोगमा नगर भित्र रहेको विपन्न परिवाहरुको पहिचान गरेर प्रति परिवार २५ केजी चामालका साथमा तेल, नुन, दाल प्याज, र साबुन लगायतका सामाग्रि वितरण गरिएको अभियन्ता शाहले जानकारी दिए ।
खान नपाएर कुनैपनि परिवार भोकले नमरोस भन्ने उद्देश्यका साथ आफुहरु यो अभियानमा जुटेको उनले बताए ।
जेठ महिना भित्र नगर भित्रका १ सय परिवारलाई राहत वितरण गर्ने अभियान रहेको उनेले बताए ।

















