No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अस्पतालमा बेड पाइएन र साह्रो गाह्रो परेमा के गर्ने ?

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २४, २०७८
in आलेख, शिक्षा, समाज, स्वास्थ्य, हेडलाइन
0
अस्पतालमा बेड पाइएन र साह्रो गाह्रो परेमा के गर्ने ?
Share on FacebookShare on Twitter

दोस्रो लहरको कोरोना सङ्क्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाप बढेको छ । जसका कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ ।

पिसिआर पोजेटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्नुहुँदैन । यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्दछ । फिभर क्लिनिकमा चिकित्सकको जाँच, एक्स–रे आदि हुन्छ । त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ ।

अस्पतालमा बेड नपाएमा आफै अस्पताल खोज्दै भतारिनु हुँदैन । त्यहाँ रहेको ट्रली, कुर्सी, चौर, बरन्डा जहाँ भए पनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ । अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ । कहिलेकाहीँ केही घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ । ट्रली वा कुर्सीमा बसेर उपचार गरेको बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्दछ वा आफै बेड खोजेर अर्को अस्पतालमा पठाउँछ ।

आइसियुमा बस्नुपर्ने अवस्था भए उपरोक्त अस्पतालले या आइसियुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसियु खोजेर पठाउँछ । यही बिचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजी गर्न सकिन्छ ।

यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ । धेरै बिरामी भुईँमा सुतेर भए पनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिदा जीवन लीला समाप्त गरेका छन् । जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ ।आफूले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसँग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ । अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ । गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ । विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भए पनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजर अन्दाज गर्नुहुँदैन ।

अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठुलो र महत्त्वपूर्ण लाग्छ । सबै चिकित्सक तथा नर्सले आफूलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ । चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ । तसर्थ तपाईँलाई कम महत्त्व दिनुको अर्थ तपाइको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्दछ । आफूलाई समस्या परेमा स्पष्ट रूपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्दछ । शालीन ढङ्गले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ ।

सबैभन्दा ठुलो कुरा त मनोबल नै हो । म अस्पतालमा छु, छिटो ढिलो उपचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर फर्किन्छु भन्ने तीव्र इच्छा शक्तिले तपाइलाई बचाउने छ । कतिपय बिरामी धेरै आत्तिएर पेनिक अट्याक हुन्छ । यस्तो अवस्थामा कोभिडको कारणले भन्दा पनि आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ ।एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यही एक सर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पु¥याउँछ । आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भए पनि आकस्मिक घटना घट्न सक्दछ । तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन । कहिल्यै पनि आत्मबलभन्दा रोग ठुलो हुँदैन ।

तपाइलाई साह्रो गाह्रो परेमा के गर्ने ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।adसङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

ShareTweetPin
Previous Post

यी आमाले एकैचोटिमा जन्माइन नौ शिशु, गिनिस बुकमा नाम रेकर्ड

Next Post

मौसम तत्काल नखुल्ने, केही दिन पानी पर्ने सम्भावना

Next Post
मौसम तत्काल नखुल्ने, केही दिन पानी पर्ने सम्भावना

मौसम तत्काल नखुल्ने, केही दिन पानी पर्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.