इटहरी । देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बेलुका र राति पनि प्रदेश एक, दुई तथा बाँकी प्रदेशका पहाडी ठाउँमा मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र अरु ठाउँमा आंशिक बद्ली रहने महाशाखाले जनाएको छ ।
केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा प्रदेश एक र गण्डकीका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

















