इटहरी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले विषेश आन्तरिक अभियानका लागि छलफल कार्यक्रमको आयोजना गरेको छ । आइतबार केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आथिथ्यतामा भएको छलफलमा सहभागिले पार्टी संगठनलाई कसरी एकजुट बनाउन सकिन्छ भन्ने बारे धराणा राखे ।
जसमा समानुपातिक प्रणालीलाई हटाइ सुचिकृत समुदायलाई राष्ट्रिय सभामा सहभागी गराउने । १६५ सदस्यीय प्रतिनिधी सभालाई लाई २०५ सदस्यीय बनाउन पहल गर्ने लगाएतका सुझाव पेश भएका छन् ।
नेपाली कांग्रेस आफै शसक्त पार्टी भएकाले कुनै गठबनधनको आबस्यक्ता नपर्ने, बर्षमा एकपटक क्षेत्रिय सभापतिहरु तथा क्षेत्रका माननीयहरुको भेलाको आयोजना गर्नुपर्ने, टोल समितिबाटै प्रशिक्षण कार्यक्रमको अबधारणा ल्याउनुपर्ने लगाएतका बुदागत मागहरु केन्द्रीय समितिमा पठाइएको मोरङ क्षेत्र नं ६ का क्षेत्रिय सभापति देवराज तामाङले बताए ।
कांग्रेसमा गुटबन्दीले जरा गाडिसकेको संदर्भमा नाताबाद भन्दा क्षमता भएका व्यक्तिलाई अवशर दिनुपर्ने, भातृ संघ र शुभेच्छुक संस्थाहरूको समयमैं अधिवेशन गराउने । हुन नसकेको खण्डमा सम्वन्धित क्षेत्रीय कार्यसमितिलाई जिम्मेवारी दिई अधिवेशन गराउने, युवाहरूलाई परिचालन गराउन प्रशिक्षण तथा विशेष कार्यक्रमहरू संचालन गराउने, महिला तथा युवा लक्षित कार्यक्रमहरू संचालन गराउने ।
प्रत्यक्ष टिकट वितरण गर्दा खुल्ला तर्फ ५०%, सुचिकृत समुदायबाट ३०% र महिला बाट २०% अनिवार्य सहभागी गराउने, जनप्रतिनिधि र पार्टीबीच समन्वय र सहकार्यको कमि देखिएको हुनाले स्थानीय क्षेत्रका जनप्रतिनिधिहरूलाई निर्देशन दिने र कारवाही गर्ने नीति निर्माण गर्ने, पहिचानको विषयमा स्पष्ट धारणा राख्न पर्ने ।
जुनसुकै तहको सभापतिलाई ५०% पदाधिकारी एवं सदस्य मनोनीत गर्ने अधिकार विधानमा लिखित हुनु पर्ने, जुन तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात हुन्छ, अन्तर्घात गर्ने पार्र्टीका नेता तथा कार्यकर्ताहरूलाई उम्मेदवारको सिफारिसमा क्षेत्रीय कार्यसमितिलाई कारवाही तथा निष्कासन गर्न अधिकार दिनुपर्ने, नेपाली कांग्रेस स्थापनादेखि हालसम्म वीरगती प्राप्त गरेका सहिद परिवार, जेल नेल बसेका, अंगभंग भएका आदि जस्ताका अभिलेख राखी केन्द्रिय कार्यसमितिबाट उच्च मुल्यांकन गर्दै सम्मान गर्नु पर्ने ।
नेपाली कांग्रेसका साधारण सदस्यदेखि केन्द्रिय सदस्यसम्मकाहरूले आ आफ्नो कमि कमजोरीलाई मनन गर्दै पार्र्टी सुदृढीकरणतिर लाग्नु पर्ने, केन्द्रिय सदस्य तथा पदाधिकारीहरू स्वत महाधिवेशन प्रतिनिधी हुने नितिलाई हटाएर वडाबाटै निर्वाचित हुँदै जानुपर्ने । प्रदेश तथा संघिय संसदका उम्मेद्वारहरू स्वत क्षेत्रीय प्रतिनिधी हुने नितिलाई हटाएर वडाबाटै निर्वाचित हुँदै जानुपर्ने लगाएतका शुक्षाव पेश गरिएका छन्।

















