मोरङ । मोरङका १८ वर्षीय जिवन कोइराला नेविसंघ केन्द्रीय सदस्य चयन भएका छन। उनि नेविसंघको कान्छो केन्द्रीय सदस्य हुन्। साउन २३ मा कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित भएका थिए।
१८ वर्षमै केन्द्रिय सदस्य बनेका कोइराला काठमाडौं बसेर विद्यार्थी राजनीति गर्दै आएका छन्।। कोइरालाले यसअघि नेविसंघ मोरङ(काठमाडौं सम्पर्क समितिको अध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका छन। उनी नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला निकट मानिन्छन्। यो सँगै उमेर ढल्केकालाई मात्रै नेविसंघमा ल्याउदैँ आएको कांग्रेसले युवा विद्यार्थीलाई स्थान दिँदा नेविसंघ प्रति विद्यार्थीको मोह बढ्रन सक्ने आकलन गर्न सकिन्छ।
२०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य गरे सँगैं नेविसंघ ७११ सदस्यीय बनेको छ। तर १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन्। तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतरले असन्तुष्टि जनाएको छ। साथै तदर्थ समितिमा पर्ने गरि चर्चा पाएर पनि नाम काटिएकाहरुमा पवन थापा, दीपक ओझा, सुदीप अधिकारी, सुमित बोहोरा लगायत छन।
२ साउन देखि १० सम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले भदौ १५ सम्म सबै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो। कार्यसमितिले पूर्णता पाएपछि ६ महिनाभित्र निर्वाचन गर्न तदर्थ समितिले कार्यादेश पाएको छ।

















